१२ श्रावण २०८१, शनिबार
अहिलेको सरकार विदेशी हस्तक्षेपबाट बनेको हो: एमाले उपाध्यक्ष पौडेल

पुष्पकमल दाहाल प्रचण्डले एमालेसहितको गठबन्धनमा पद हत्याएर पछि धोका दिएको आरोप


  • टाइम्स संवाददाता

  • १२ चैत्र २०७९, आईतवार १०:१३

सुर्खेत:नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले निर्माण भएको गठबन्धनको सरकारमा विदेशी हस्तक्षेप भएको दाबी गरेका छन्।  आइतबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पौडेलले देशभित्रका दल मात्रै नभएर विदेशी हस्तक्षेपबाट सरकार गठन भएको जिकिर गरेका हुन्।   यस क्रममा उनले सुरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसहितको गठबन्धनमा पद हत्याएर पछि धोका दिएको आरोप पनि लगाए।

‘मुलुकलाई स्थायित्व बनाएर जानुपर्छ भन्ने विषयमा सरकार बनाएका थियौँ’, उनले भने, ‘सम्बन्धबाट घर्किन थाल्नुभयो। धोका दिएर फर्किनुभयो।’  अहिले प्रधानमन्त्री प्रचण्डलाई सरकार विस्तार गर्न पनि  चर्को समस्या परिरहेको टिप्पणी उनले गरे। उनले भने, ‘यो सरकारको ध्यान जनताको समस्यातिर छैन।’  एमालेले थालेको मिसन ग्रासरुट अभियानका क्रममा उपाध्यक्ष पौडेल आज सुदूरपश्चिमका डोटी, अछाम जाने कार्यक्रम छ।

Nabintech