१२ श्रावण २०८१, शनिबार
सार्वजनिक शौचालयमा अब सर्वसाधारणले कुनै शुल्क तिर्नुपर्दैन: नगर प्रमुख आचार्य

शुल्क नलिने गरि सार्बजनिक शौचालयको टेण्डर आब्हान गरेकै कारण बिगतको २९ हजारको सम्झौता रकमलाई १३ हजारमा झारिएको प्रष्टटोक्ति


  • टाइम्स संवाददाता

  • १४ चैत्र २०७९, मंगलवार १९:३२

कोहलपुर,बाँके:कोहलपुर नगरपालिका भित्र रहेका सार्वजनिक शौचालयहरुमा अब सौच गर्दा कुनैपनि बहानामा शुल्क नलिईने नगर प्रमुख पुर्ण प्रसाद आचार्यले प्रष्ट पारेका छन । केहि अनलाईनहरुमामा आएको सतहि समाचार प्रति टिप्पणी गर्दै मेयर आचार्यले समाचारले सर्वसाधारणलाई भ्रम छर्ने काम गरेको भन्दै समाचारको विश्वसनियता माथि नै प्रश्न रहेको उल्लेख गरे ।

समाचारदाताहरुसंगको घेटघाटमा नगर प्रमुख आचार्यले पहिले शुल्क लिने गरि टेण्डर परेकोमा अहिले शुल्क नलिने गरि सार्बजनिक शौचालयको टेण्डर आब्हान गरेकै कारण बिगतको २९ हजारको सम्झौता रकमलाई १३ हजारमा झारिएको प्रष्ट पारे । हाम्रा बारेमा समाचार लेख्ने तर हाम्रो प्रतिक्रिया नलिने भन्दै लेख्ने पत्रकारलाई समेत सो बारेमा गहिरो अध्यन नभएर सतहि रुपमा प्रतिशोधपुर्ण समाचार लेखेको प्रति आफु अचम्मित भएको बताए ।

बिभिन्न शिर्षकमा नगर विकासलाई लक्षित गरि  आएको समाचार प्रति आफनो धारणा राख्दै नगर प्रमुख आचार्यले कोहलपुर नगर विकाससंग सम्बन्धित तीन वटा शौचालय पहिलो पल्ट आब्हान गरिएको टेण्डरमा कसैको टेण्डर नपरेको र दास्रो पटक निकाल्दा बन बाटिका लगाएत अन्य ३ जनाको टेण्डर परेकोमा बढाबढका आधारमा बन बाटिकाले निधि बिधि र प्रक्रियागत तवरले टेण्डर स्विकृत गरिएको बताए ।

शौच गरे बापत कुनै शुल्क तिर्नु नपर्ने भन्ने शब्द पटक पटक दोहरयाएका नगर प्रमुखले यस अघि नगरविकासले केहि रकम बुझदै आएकोमा अब नगर विकासले कुनै शुल्क समेत नलिने र जन सर्वसाधारणलाई समेत कुनै शुल्क नलिई शौचालय प्रयोग गर्न दिने भन्ने आधारमा नै फुल बाटिकालाई टेण्डर परेको जिकिर गरे ।

उनले टेण्डर आब्हान गर्दा कुनै पार्टिगत रुपमा लक्षित गरि आब्हान नगरेको तर आफनै कार्यकतालाई पारेको भन्ने भ्रमबाट मुक्त हुन समेत अनुरोध गरेका छन । कुनै न कुनै ब्यक्ति कुनै न कुनै दलका वा पार्टिका कार्यकर्ता हुन सक्छन हामीले नेपाली कांगे्रसका कार्यकर्ताले मात्र टेण्डर भर्नुहोला भनेका छैंनौ सुचनाहरु बिभिन्न पत्रपत्रिका र अनलाईनमा समेत सुरक्षित होला उनको थप कथन रहेको छ ।

 

Nabintech