१२ श्रावण २०८१, शनिबार
दाङमा कोदालाको पासोले हानेर हत्या

मदिरा सेवन गरेको अवस्थामा श्रीमान–श्रीमतीबिच विवाद हुँदा छोरा र श्रीमतीले कुटपिट गर्दा मृत्यु भएको हुन सक्ने


  • टाइम्स संवाददाता

  • १५ चैत्र २०७९, बुधबार १०:४०

दाङ : दाङमा एक जनाको हत्या भएको छ।​ बंगलाचुली गाउँपालिकाको २ मर्पेस निवासी ३५ वर्षीय रेशम सुनारको हत्या भएको वडा अध्यक्ष मैते पुनमगरले जानकारी दिए।हत्यामा संलग्न आमा छोरालाई प्रहरीले पक्राउ गरिएको छ। हत्या आरोपमा मृतक सुनारका १७ वर्षीय छोरा शिवराज सुनार र  ३६ वर्षीया श्रीमती  चन्द्रा सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी राजन कुमार गौतमले बताए ।

मृतक रेशम सुनारलाई कोदालोको पासाले टाउकोमा हानी हत्या गरिएको अवस्थामा फेला पारिएको उनले बताए। घटना मंगलबार साँझ करिब ७ बजेतिर भएको हो। मदिरा सेवन गरेको अवस्थामा श्रीमान–श्रीमतीबिच विवाद हुँदा छोरा र श्रीमतीले कुटपिट गर्दा मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ। मृतकको शबलाई पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ।

 

मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

बुधबार बिहान फापरबारीबाट हेटौँडातर्फ आउँदै गरेको बा २५ प १९०८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बागमती–८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङ्तानको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते स्याङ्तानलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो।

अस्पताल पुर्‍याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। स्याङ्तानको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ। ठक्कर दिने मोटरसाइकल चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Nabintech