४ बैशाख २०८१, मंगलवार
फरार बलात्कार आरोपि कवाडिया कोहलपुरबाट पक्राउ

कवाडियालाई कैद भूक्तानीका लागि जिल्ला कारागार चलान


  • टाइम्स संवाददाता

  • १५ चैत्र २०७९, बुधबार १८:५६

जाजरकोट: १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाँके जिल्ला नेपालगञ्ज उपमा नपा–१४ घर भई हाल भेरी नपा–३ ठाँटीमा रहेको बिजय लक्ष्मी फर्निचरमा काम गर्दै आएका ३१ वर्षीय छोटु भन्ने समिर राई कवाडियालाई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरी टोलीले गिरफ्तार गरेको छ ।

आरोपितले ०७७ फागुन ३ गते बलात्कार गरेको ठहर गर्दै उच्च अदालत सुर्खेतको ०७९ भाद्र २३ गतेकोे बलात्कार मुद्दामा दुई वर्ष तीन महिना कैद र २५ हजार रुपियाँ जरिबानाको फैसला आदेश गरेपछि फरार रहेका समिर राई कवाडियालाई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले बाँके कोहलपुर नपा–११ स्थित कोहलपुर बजारबाट चैत १३ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोष रोकाले जानकारी दिए ।

गिरफ्तारपछि कवाडियालाई ०७९ चैत्र १४ गते आवश्यक कारवाहीको लागि जिल्ला अदालत जाजरकोटमा उपस्थित गराईएको र अदालतले कैद भूक्तानीका लागि जिल्ला कारागार कार्यालय जाजरकोट पठाएको कारागार शाखा जाजरकोटका प्रमुख चन्द्रबहादुर गिरीले बताए ।

Nabintech