७ बैशाख २०८१, शुक्रबार
एक्सपर्ट एजुकेशनले एक्सपर्ट एड्मिशन डे २०२३ आयोजना गर्दै

एक्सपर्ट एजुकेशनले नेपाली विद्यार्थीहरुलाई अस्ट्रलिया, क्यानडा, युके, अमेरिका र न्यूजिल्याण्ड जान सक्ने वातावरण बनाउदै


  • टाइम्स संवाददाता

  • १६ चैत्र २०७९, बिहीबार १८:०९

नेपालगञ्ज: एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज नेपालगञ्जले एक्सपर्ट एड्मिशन डे २०२३ मार्च आयोजना गर्दै छ । भोलि शुक्रबार एक्सपर्ट नेपालगञ्जको आफ्नै कार्यालयमा उच्च शिक्षा अध्ययन गर्न जान चाहाने विद्यार्थीहरुका लागि अन्तरक्रिया तथा परामर्श कार्यक्रम गदैंछ ।

एक्सपर्टले विदेशमा अध्ययन गर्न जान चाहाने विद्यार्थीहरुका लागि अस्ट्रलिया, क्यानडा, युके, अमेरिका र न्यूजिल्याण्डका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुसग प्रत्यक्ष संवाद गर्न सक्ने र अध्ययन बारे भरपुररुपमाा बुझ्न सक्ने एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज नेपालगञ्जका प्रमुख सुनिल खड्काले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज नेपालगञ्जले भोलि शुक्रबार हुने एक्सपर्ट एड्मिशन डे २०२३ मार्च कार्यक्रमबारे पत्रकार सम्मेलन समेत गरेको छ । नेपालका प्रमुख १६ शहरहरु समेत विश्वका १५ देशका ५५ भन्दा बढी शहरहरुमा आफ्नो शाखा स्थापना गरि आफ्नो काम सुरु गरेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले बैदेशिक अध्ययनमा जान चाहाने विद्यार्थीहरुलाई विगत २० वर्षदेखि आधिकारिक र विश्वस्नीय परामर्श प्रदान गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजका कार्यकारी प्रमुख सन्जीव शर्माले बताउनु भयो ।

विगत २/३ वर्ष कोरोनाका कारण बैदेशिक अध्ययनमा समस्या भएतापति अब एक्सपर्टले बैदेशिक अध्ययन गर्न जान चाहाने विद्यार्थीहरुका लागि अहम भूमिका खेल्ने प्रमुख शर्माले बताउनु भयो । बाँके र आसपासका क्षेत्रका विद्यार्थीहरुले उक्त कार्यक्रममा सहभागिताको लागि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले हार्दिक आमन्त्रण गरेको छ । विश्वभरीबाट एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजमार्फत वैदेशिक अध्ययनको लागि एक लाख भन्दा बढी विदेशका विभिन्न विश्वविद्यालयहरुमा गईसकेका छन् ।

Nabintech