१३ बैशाख २०८१, बिहीबार
नेपालगञ्जको बागेश्वरी मन्दीरमा जिब्रो छेड्नेको कथा

जिब्रो काटेर चढाउने, जिब्रो र छातिमा त्रिशुल रोपेर दिनभरी मन्दिरको परिक्रमा गर्ने भक्तजनहरु पनि रहेका छन


  • टाइम्स संवाददाता

  • १६ चैत्र २०७९, बिहीबार २०:१०

नेपालगञ्ज: रामनवमीको दिन नेपालगञ्जको बागेश्वरी मन्दिरमा हिन्दू धर्मावलम्बीहरुलेले बिभिन्न मोक्ष पाउने लालसामा जिब्रो छेडेर देबीको दर्शन गर्ने परम्परा चल्दैआएको छ ।

चैते दशै सुरु हुने दिनदेखि नै निराहर ब्रत बसेका पुरुषहरुले आफ्नो भाकल पुरा गराउन एबं भाकल पुरा भएपछि वचनकि पक्का देवी बागेश्वरीलाई जिब्रो छेडेर दर्शन गर्ने चलन परापूर्वकालदेखि नै चलि आएको हिन्दू धर्मगुरु तथा बागेश्वरी मन्दीरका मुलपुरोहित चन्द्रनाथ योगी बताउछन ।

उनले पहिलाको तुलनामा अहिले जिब्रो छेड्न आउनेको संख्या घट्दै गएको भएपनि मानिसहरु आफ्नो जिब्रो काटेर चढाउने, जिब्रो र छातिमा त्रिशुल रोपेर दिनभरी मन्दिरको परिक्रमा गर्ने भक्तजनहरु पनि रहेका बताउछन तर संस्कार र संस्कृती परिवर्तनसंगै यस्तो प्रकारको आस्थामा भने कमि हुदै गएको छ ।

नवरात्रको ब्रत बसेका ब्रतालुहरु नवमीको दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातु, त्रिशुल लगाएतले छेडने परम्परा रहेको र हरेक वर्ष करिव १ सय ५० बढि धर्मावलम्बीहरुले जिब्रो छेड्ने गरेकोे बागेश्वरी मन्दीरका मुल पुरोहित योगीले बताए ।

बर्दिया बेलवा शान्तिपुरका ७१ वर्षिय तेजराम महावतले सानो उमेरदेखि नै चैते दशैको रामनवमीमा जिब्रो छेडेर दर्शन गर्दै आएको बताए । उनी भन्छन सानैदेखि जिब्रो छेड्न सुरु गरेको हुँ । अहिले त ७१ वर्षको भए । शरीरले नसके पनि लट्ठीको भरमा देबीको दर्शन गर्न आउने गरेको छु ।

उनले रामनवमी र बडा दशैको नवमीमा गरी वर्षमा दुईपटक र आफ्नो ७१ वर्षे उमेरसम्म गरी करिव २ सय पटक जिब्रो छेडेर दर्शन गरेको दावि गर्छन । यसो गर्दा आफुलाई आनन्दको महशुस हुने उनको कथन रहेको छ ।

बाँके डुडुवा–६ हिमिनियाका ६० वर्षिय बर्मन लोनियाले ५० भन्दा बढी, हिरमिनियाँकै २० वर्षिय सियाराम लोनियाले ७ पटक, भारत बाबागन्जका २७ वर्षिय ओमप्रकाश यादवले २० पटक जिब्रो छेडेर बागश्वरी मन्दीरको परिक्रमा गर्दै दर्शन गरेको बताए ।

नेपालगञ्जको बागेश्वरी मन्दीरमा बडा दशै र चैतेदशैमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गर्ने चलन छ । निराहार ब्रत बसेर नवमिको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष पाईने धार्मिक विश्वास रहेका कारणले गर्दा जिब्रो छेड्ने चलन परा पूर्वकालदेखि नै चल्दै आएको मान्यता छ ।

Nabintech