१४ बैशाख २०८१, शुक्रबार
कोहलपुरमा अटो रिक्साको भाडादर तोकियो नियम उलंघन गरे कारबाहि (भाडादर सहित)

अस्वस्थ प्रतिस्पर्धा तथा मादक पदार्थ सेवन गरि अटो चलाए एबं जथाभावि भाडा असुलि गरेको खण्डमा अब अटो रिक्साहरु कार्बाहिमा पर्ने


  • बिकल भट्टराई

  • १७ चैत्र २०७९, शुक्रबार ०८:२८

कोहलपुर,बाँके:कोहलपुर नगरपालिकाले कोहलपुर क्षेत्रमा सञ्चालनमा रहेका ई रिक्सा तथा अटो रिक्साको भाडादर कायम गरेको छ । नगरले कोहलपुर नगरपालिकाले अटो तथा विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि, २०७९ जारी भई लागु भएकोले कार्यविधि अनुसार भाडा दर कायम गरेको हो ।

कोहलपुर एरियामा अटो रिक्साहरु जथाभाबि पार्किङ गर्ने जथाभावि बाटो काट्ने र अनुमति तथा दर्ता बिना अटो रिक्सा चलाउदा दुर्घटनाको मुख्य कारक बन्दै आएका थिए । नियमणको कार्यबिधि अनुसार नचले नगर प्रहरीले अटो रिक्साको निगरानि गरि ईलाका प्रहरी कार्यालयको सहयोगमा कारबाहि प्रक्रिया समेत अगाडि बढाउन सक्ने नगर प्रहरी प्रमुख वीर बहादुर थापाले बताए ।

अटो तथा विद्युतीय रिक्साले अनिवार्य रुपमा सवारी दर्ता किताब साथमा राखी सवारी चलाउन नगर प्रहरीले गरेको छ भने सवारी चलाउंदा अनिवार्य रुपमा सवारी चालक अनुमति पत्र साथमा राख्न भनेको छ । नगर प्रहरीले कार्यबिधि बमोजिमका बिभिन्न ३२ बुंदा जारी गर्दै अटो रिक्सा कार्यबिधिलाई अक्षरस पालना गर्न अटो चालकहरुलाई अनुरोध समेत गरेको छ ।

अस्वस्थ प्रतिस्पर्धा तथा मादक पदार्थ सेवन गरि अटो चलाए एबं जथाभावि भाडा असुलि गरेको खण्डमा अब अटो रिक्साहरुलाई स्थानिय सरकारले कारबाहि समेत गर्नेछ ।

नगर प्रहरीको अटोरिक्सा लक्षित ३२ बुंदे अनुरोध

१. कोहलपुर नगरपालिका अटो तथा विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि, २०७९ जारी भई लागु भएकोले कार्यविधिको पुर्ण रुपमा पालना गरौं।
२. कोहलपुर नगरपालिका क्षेत्रमा अटो तथा ई-रिक्सा सञ्चालनको लागि नगरपालिका बाट सञ्चालन अनुमति लिएर मात्र सवारी चलाऔं।
३. अटो तथा विद्युतीय रिक्साले अनिवार्य रुपमा सवारी दर्ता किताब (स.द.कि) साथमा राखी सवारी चलाऔं।
४. सवारी चलाउंदा अनिवार्य रुपमा सवारी चालक अनुमति-पत्र साथमा राखी सवारी चलाऔं।
५. सवारी तोकिएको स्थानमा मात्र पार्किङ गरौं।
६. तोकिएको निश्चित स्थान, निश्चित संख्या र निश्चित समय सम्म मात्र स्टेशनमा सवारी वेटिङ गरौं।
७. सडक तथा सडक पेटीमा सवारी रोक्ने, पार्किङ गर्ने र सवारी अड्याउने कार्य नगरौं।
८. सवारी जथाभावी रोक्ने, अड्याउने, पार्किङ गर्ने र छोड्ने कार्य नगरौं।
९. तोकिएको भन्दा बढी भाडा नलिऔं।
१०. निर्धारित भाडादर सवारीको अगाडी भागमा यात्रुले प्रष्ट देख्ने गरी राखौं।
११. चालकले सुरक्षाको लागि अनिवार्य रुपमा फ्लोरिसेन्ट ज्याकेट वा पहिरनको प्रयोग गरौं।
१२. सवारीमा फोहोर व्यवस्थापनको लागि डष्टविनको व्यवस्था गरौं।
१३. तोकिएको गति भन्दा बढी गतिमा सवारी नचलाऔं।
१४. तोकिएको संख्या भन्दा बढी यात्रु राखी सवारी नचलाऔं।
१५. १८ वर्ष भन्दा कम उमेर, असक्त, आँखा र कानको शक्ति कमजोर भएका व्यक्तिले सवारी नचलाऔं, चलाउन नदिऔं।
१६. मादक पदार्थ तथा लागु औषध प्रयोग गरी सवारी नचलाऔं।
१७. यात्रु संग सभ्य र मर्यादित व्यहार गरौं।
१८. यात्रुको मालसामानको जिम्मेवारी पुर्वक रेखदेख तथा हिफाजत गरौं।
१९. निषेधित स्थानमा सवारी पार्किङ गर्ने, रोक्ने, अड्याउने कार्य नगरौं।
२०. अटो तथा विद्युतीय रिक्सा व्यवस्थापकले आ-आफ्नो स्टेशन क्षेत्रको सरसफाई आफै गरौ, डष्टविनको व्यवस्था आफै गरौं।
२१. खराव अवस्था तथा वत्ती नभएको सवारी नचलाऔं।
२२. आफ्नो सवारी असम्बन्धित व्यक्तिलाई चलाउन नदिऔं।
२३. चेकजाँचको क्रममा सवारीका सम्पुर्ण कागजात चेकजाँचकर्तालाई चेक गर्न दिऔं।
२४. यात्रु चढाउंदा वा झार्दा सवारी लाई छेउ लगाई किनारामा सुरक्षित साथ चढाउने, झार्ने गरौं।
२५. यात्रुको मालसमान छुटेमा ईलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय वा नगर प्रहरी कार्यालयमा बुझाऔं।
२६. शाखा सडकबाट मुल बाटोमा प्रवेश गर्दा रोक, हेर, जाउ को सिद्धान्त पालना गरौं।
२७. सवारी मोड्दा सिसा, संकेत, गतिविधिको सिद्धान्त पालना गरौं।
२८. लेन अनुशासनको पालना गरौं।
२९. सुस्त गतिको सवारी वायां तर्फ बाट चलाऔं।
३०. अगाडीको सवारीलाई ओभरटेक गर्नुपर्दा दायां बाट मात्र गरौं।
३१. ट्राफिक चिन्ह, ट्राफिक संकेतको अनिवार्य पालना गरौं।
३२. ट्राफिक नियमको पालना गरौं, दुर्घटना बाट आफु बचौं र अरुलाई पनि बचाऔं।
Nabintech