१२ बैशाख २०८१, बुधबार
खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

  • टाइम्स संवाददाता

  • १७ चैत्र २०७९, शुक्रबार १५:२१

काठमाडौं: खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । मन्त्रिपरिषद् पुनर्गठन गर्दा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि खानले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।

१० पुसमा प्रचण्डलाई समर्थन गरेको जमनतले सुरुदेखि कृषि वा उद्योगमध्ये एक मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको थियो । ११ पुसमा बिना विभागीयमन्त्री बनेका खानलाई प्रधानमन्त्रीले ३ माघको मन्त्रिपरिषद् पुनर्गठनका क्रममा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका थिए । सुरुमा असन्तुष्टि जनाएर मन्त्रालय नगएकाले उनले ११ माघमा पदभार सम्हालेका थिए ।
Nabintech