१४ बैशाख २०८१, शुक्रबार
नेपालगन्जमा एसइई परीक्षा आएका विद्यार्थीहरुलाई पुष्प गुच्छाले स्वागत

विद्यार्थीहरुलाई कुनै पनि किसिमको डर, त्रास नहोस् भनेर विद्यालयले उक्त कार्य गरेको बताए


  • टाइम्स संवाददाता

  • १७ चैत्र २०७९, शुक्रबार १६:१८

नेपालगन्ज: आजदेखि एसईई परीक्षा सुरु भएको छ । बाँकेको नेपालगन्जमा रहेको जि.भि.एन. मा.वि. नेपालगन्ज केन्द्रले देशकै उत्कृष्ट अभ्यास गरेको छ । एस.ई.ई. परीक्षा दिन आएका विद्यार्थीहरुलाई केन्द्राध्यक्ष गणेश भण्डारीले पुष्प गुच्छा दिएर स्वागत गरेका छन् । उक्त विद्यालयमा प्रथमपटक एस.ई.ई. परीक्षाको केन्द्र परेको हो । परीक्षा दिन आएका वेष्ट जोन मा.वि. नेपालगन्जका विद्यार्थीले गणेश थापाले केन्द्राध्यक्ष भण्डारीको उक्त व्यवहारबाट सबै विद्यार्थी खुसी भएको बताए ।

उक्त विद्यालयका केन्द्राध्यक्ष भण्डारीले विद्यार्थीहरुलाई कुनै पनि किसिमको डर, त्रास नहोस् भनेर विद्यालयले उक्त कार्य गरेको बताए । आफ्ना छ‍ोराछोरी केन्द्रमा छोड्न आएका अभिभावकहरु खुसी देखिन्थे । उक्त केन्द्रमा २ सय ७१ जनाको विद्यार्थी सङ्ख्या रहेकोमा जसमध्ये २ सय ६६ जना विद्यार्थीहरुले परीक्षा दिएका छन्  भने ५ जना अनुपस्थित रहेको भण्डारीले बताए ।

जि.भि.एन. मा.वि. नेपालगन्ज केन्द्रमा १० वटा विद्यालयका छात्र १ सय ५० जना र छात्रा १ सय १६ जनाले परीक्षा दिएको भण्डारीले बताए ।
उक्त केन्द्रमा १ जना केन्द्राध्यक्ष, २ जना सहायक केन्द्राध्यक्ष रहेको भण्डारीले बताए ।

Nabintech