६ जेष्ठ २०८१, आईतवार
काम गर्न घरमा बोलाएर बलात्कार

  • टाइम्स संवाददाता

  • १९ चैत्र २०७९, आईतवार १३:४२

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ का सलमान कवाडियाले घरमा काम गर्न बोलाएर मजदुर महिलालाई बलात्कार गरेको पाइएको छ । ३२ वर्षीया एक महिलालाई कवाडियाले शनिबार अपरान्ह ५ बजे बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

मजदुरको एक समूहले आइतबार बिहान कवाडियाको घर घेर्नुका साथै उजुरी दिन जिल्ला प्रहरी कार्यालय गएको बाँकेका एसपी सन्तोष राठौरले जानकारी दिए ।

नेपालगञ्जमा बिहान मजदुरहरू एक ठाउँमा जम्मा हुने र कामका लागि बोलाउन आएपछि घर, उद्योग, होटलहरूमा गएर काम गर्ने गरेको पाइन्छ । धेरै वर्षदेखि त्रिभुवनचोकमा जम्मा हुने गरेका मजदुर अहिले रंगशाला जाने बाटोमा निर्वाचन कार्यालय अगाडिको चोकमा जम्मा हुने गर्दछन् ।

Nabintech