११ श्रावण २०८१, शुक्रबार
धनगढीमा एसइई दिएर घर फर्किरहेका चार विद्यार्थीमाथि कुटपिट (अपडेट)

  • टाइम्स संवाददाता

  • १९ चैत्र २०७९, आईतवार १७:१९

धनगढी : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा एसइई परीक्षा दिएर घर फर्किरहेका चार जना विद्यार्थीमाथि कुटपिट भएको छ।धनगढी उपमहानगरपालिका–१९ को फूलवारी माध्यमिक विद्यालयमा एसइई दिएर घर फर्किरहेका फूलबारीकै रमेश भण्डारी, जीवन भण्डारी, क्रिस मगर र सागर भण्डारीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले कुटपिटबाट धनगढी उपमहानगरपालिका–१४ बस्ने चार जना विद्यार्थीमाथि कुटपिट भएको जानकारी पाएपछि प्रहरीले संलग्नलको खोजी थालेको जानकारी दिए। उनकाअनुसार फूलबारीकै युवाका एक समूहले विद्यार्थीमाथि कुटपिट गरेको हो।

कुटपिटबाट चारै जनाको टाउकोमा चोट लागेको छ भने उनीहरूको धनगढीस्थित सिटी अस्पतालमा उपचार भइरहेको छ। उनीहरूमाथि कुटपिट गरिनुको कारण भने खुलेको छैन।

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा एसइई दिएर घर फर्किरहेका ४ जना विद्यार्थीमाथि भएको कुटपिटमा संलग्न १२ जना स्थानीय युवालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुको पहिचान भैरहेको बताइएको छ।

 

धनगढीको विद्यार्थी कुटपिटमा संलग्न १२ जना पक्राउ

धनगढी उपमहानगरपालिका–१९ को फूलवारी माध्यमिक विद्यालयमा एसइई दिएर घर फर्किरहेका फूलबारीकै रमेश भण्डारी, जीवन भण्डारी, क्रिस मगर र सागर भण्डारीमाथि कुटपिट भएको थियो।

कुटपिटबाट धनगढी उपमहानगरपालिका–१४ बस्ने चार जना विद्यार्थीमाथि कुटपिट भएको जानकारी पाएपछि प्रहरीले संलग्नको खोजी थालेको थियो। जिल्ला प्रहरी कार्यालय श्रोतले विद्यार्थीमाथि कुटपिटमा संलग्न फूलबारीकै युवाहरू पक्राउ गरिएको र छानबिन शुरु भएको बतायो।

कुटपिटबाट चारै जनाको टाउकोमा चोट लागेको छ भने उनीहरूको धनगढीस्थित सिटी अस्पतालमा उपचार भइरहेको छ। उनीहरूमाथि कुटपिट गरिनुको कारण भने खुलेको छैन।

Nabintech