१२ श्रावण २०८१, शनिबार
फत्तेपुर जंगलमा मरेको चितुवा फेला

गतवर्ष सोही क्षेत्रमा पाटेबाघले मान्छेमाथी निरन्तर आक्रमण गरेको थियो


  • टाइम्स संवाददाता

  • २० चैत्र २०७९, सोमबार ११:००

फत्तेपुर,बाँके  : राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरको जंगलमा चितुवा मरेको अवस्थामा फेला परेको छ । राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समुह ब्लक नम्बर ३ को संरक्षित वनक्षेत्र भित्र चितुवा मरेको अवस्थामा फेला परेको वडा नम्बर ६ का वडाअध्यक्ष लवराज खरेलले जानकारी दिए ।

‘सडेंगलेको अवस्थामा चितुवा फेला परेको छ,’ सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै उनले लेखेका छन् । उक्त स्थानमा अनुसन्धान गर्ने केही बस्तु फेला परेको वडाअध्यक्ष खरेलले बताए । यस विषयमा सम्बन्धित निकायले अनुसन्धान गर्नुपर्ने उनको सुझाव छ ।

‘सम्बन्धित निकायको अनुसन्धानले के गर्छ हेर्न बाँकी छ,’ खरेलले भने । उक्त सामुदायिक वन डिभिजन वन कार्यालय बाँकेको कार्यक्षेत्रमा पर्दछ । गतवर्ष सोही क्षेत्रमा पाटेबाघले मान्छेमाथी निरन्तर आक्रमण गरेको थियो ।

Nabintech