१२ श्रावण २०८१, शनिबार
आईपीएल क्रिकेटमा चेन्नइले लखनउलाई १२ रनले हरायो

  • टाइम्स संवाददाता

  • २१ चैत्र २०७९, मंगलवार ०७:१७

एजेन्सि:इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किंग्स्ले लखनउ सुपर जाइन्टस्लाई १२ रनले हराएको छ । लखनउले टस जितेर बलिङ रोजेपछि शुरुवाती ब्याटिङ गरेको घरेलु टोली चेन्नईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा २१७ रन बनायो ।

२१८ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा २०५ रन मात्रै बनायो । पहिलो खेलमा लखनउले दिल्ली क्यापिटल्सलाई हराएको थियो भने चेन्नई गुजरात जायन्ट्ससँग पराजित भएको थियो ।

Nabintech