१२ श्रावण २०८१, शनिबार
बागेश्वरी क्याम्पसमा समसामायिक साहित्यिक विमर्श

  • टाइम्स संवाददाता

  • २१ चैत्र २०७९, मंगलवार १०:३५

कोहलपुर,बाँके: हाम्रो पुर्णिमा साहित्य प्रतिष्ठानको समन्वय तथा बागेश्वरी साहित्य परिषदको आयोजनामा समसामायिक साहित्यिक विमर्श कार्यक्रम मंगलबार सम्पन्न भएको छ । बरिष्ठ कवि तथा समालोचक एबं भाषा आयोगका सदस्य डा.अमर गिरीको प्रमुख आतिथ्यतामा समसामायिक साहित्यिक विमर्श कार्यक्रम सम्पन्न भएको हो ।

बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुरको सभा हलमा आयोजित कार्यक्रमको अध्यक्षता बागेश्वरी साहित्य परिषदका अध्यक्ष पुष्कर रिजालले गरेका थिए । बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुरका क्याम्पस प्रमुख दान बहादुर हमाल, स्ववियु सभापति देबेन्द्र बहादुर बुढा, हाम्रो पुर्णिमा साहित्य प्रतिष्ठानका उपाध्यक्ष सुमित्रा न्यौपाने, सचिव बद्रि ढकाल, ज्ञानोदय पुष्तकालयका उपाध्यक्ष मणि प्रसाद गैरे, पत्रकार बिष्णु वेल्वासे, बागेश्वरी क्याम्पसका प्रशासन प्रमुख बेदराज लम्साल प्राध्यापकहरु, स्ववियु पदाधिकारी, बिद्यार्थी एबं कोहलपुरमा उपलब्ध साहित्यकारहरुको उपस्थिती कार्यक्रमको सञ्चालन प्राध्यापक नवीन किसोर रत्नले गरेका थिए ।


कार्यक्रममा प्रमुख अतिथी समेत रहेका बरिष्ठ कवि तथा समालोचक एबं भाषा आयोगका सदस्य डा.अमर गिरीले समसामायिक नेपाली साहित्यका बारेमा विमर्श गरेका थिए भने नेपाली भाषाका बारेमा आफना भनाई समेत राखेका थिए ।

उनले साहित्य र जीवनको गहिरो सम्बन्ध रहने बताउदै  साहित्य नभए जीवन शून्य र निरस हुने भन्दै हरेक मान्छेमा कविको गुण हुने विचार राखे । भाषामा संस्कृति र सभ्यता बाँच्ने हुनाले भाषा आयोगले लोपोन्मुख भाषाको संरक्षण र विकसित भाषाको प्रयोग विस्तारका योजना सरकालाई पेश गर्ने बताए ।

क्याम्पस प्रमुख दानबहादुर हमालले यस्ता कार्यक्रमले सिर्जनात्मक क्षमता विकासमा मद्दत पुग्ने भन्दै अतिथिहरूलाई धन्यवाद दिए ।

 

Nabintech