१२ श्रावण २०८१, शनिबार
गैरसरकारी संस्था महांसघ बाँकेको अध्यक्षमा तिमिल्सेना

  • टाइम्स संवाददाता

  • २१ चैत्र २०७९, मंगलवार १२:१८

नेपालगञ्ज : गैरसरकारी संस्था महांसघ नेपाल बाँकेको अध्यक्षमा चन्द्रप्रसाद तिमिल्सेना निर्वाचित भएका छन् । उनी यसअघि महासंघ बाँकेको जिल्ला उपाध्यक्ष थिए ।

महासंघ बाँकेको नेपालगन्जमा सोमबार सम्पन्न नवौं जिल्ला अधिवेशनबाट तिमिल्सेनाको अध्यक्षतामा नयाँ कार्यसमिति पदाधिकारी निर्वाचित भएका हुन् । अधिवेशनको बन्द शत्रपछि नयाँ नेतृत्व चयन प्रक्रियामा सहमती हुन नसकेपछि राती निर्वाचन गराइएको थियो ।

निर्वाचन प्रक्रियाबाट अध्यक्षसहित उपाध्यक्षमा निर्मला सुनार, सचिव आशिष वर्मा, सह–सचिवमा परिना चौधरी र कोषाध्यक्षमा सुर्यलाल यादव निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा राजन बर्मा, रमेश सिटौला, मन भण्डारी, ताराबहादुर खत्री, गणेश भट्टराई लगायत निर्वाचित भएका छन् ।

महासंघ बाँकेको आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति पदाधिकारी निर्वाचित गरिएको हो । अधिवेशनको बन्द शत्रमा सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । अधिवेशनमा जिल्लाभर रहेका विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो ।

Nabintech