१२ श्रावण २०८१, शनिबार
बाँके राष्ट्रिय निकुञ्ज छेउमा कागती खेतिबाट वार्षिक ५ लाख रुपैयाँ आम्दानी

‘सुन कागती’ नेपालगञ्ज, दाङ, पोखरालगायतका शहरमा जाने


  • टाइम्स संवाददाता

  • २१ चैत्र २०७९, मंगलवार १५:२६

राप्तीसोनारी ,बाँके : बाँकेको राप्तीसोनारी गाँउपालिका १ कुसुमस्थित बाघखोर गाउँका झग्गुप्रसाद ओलीले कागती खेतिबाट वार्षिक ५ लाख रुपैयाँ आम्दानी गरिरहेका छन् । ११ वर्षअघि ओलीले डेढ विगाह जमिनमा कागती खेतीको कारणले गाउँ नै कागतीको बास्नाले मगमगाएको छ ।

छेउमै बाँके राष्ट्रिय निकुञ्ज भएकाले अन्य खेती गर्दा जंगली जनावरले नोक्सानी पुर्याउने हुँदा झग्गुले यो खेती रोजेको बताए । कागती खेतीले आम्दानी बढ्नुका साथै गाउँका युवालाई पनि रोजगारी दिएको ओलीले बताए ।

झग्गुले लगाएको ‘सुन कागती’ जातको माग बजारमा उच्च छ । माग धेरै भएकाले पनि उनलाई उत्पादन दिने समयमा समेत माग पूरा गर्न मुस्किल पर्ने गरेको छ । यहाँ उत्पादन भएको ‘सुन कागती’ नेपालगञ्ज, दाङ, पोखरालगायतका शहरमा जाने गरेको छ ।

उनका अनुसार कागतीमा कहिलेकाँही रोगले सताउँछ । समयमा ध्यान दिन सके कागती खेती धेरै राम्रो पेशा भएको अनुभव भएको छ । एकपटक रोपेको यो कागतीले २५ वर्षसम्म फल दिन्छ ।

कागतीको एउटै बोटमा २५ किलोदेखि डेढ क्विन्टलसम्म कागती फलेको ओलीको अनुभव छ । बजारमा कागती ८० देखि १५० रुपैयाँ प्रति किलोसम्म विक्री हुने गरेको छ । एक हजार विरुवा रोपेकोमा हाल उनको बारीमा ३०० बोट छन् । ओलीले गरेको खेती हेरेर राप्तीसोनारी वडा नं. १ मा हाल १० जनाले कागती खेती गरिरहेका छन् ।

Nabintech