१२ श्रावण २०८१, शनिबार
सिक्टा सिँचाइ आयोजना: विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

  • टाइम्स संवाददाता

  • २१ चैत्र २०७९, मंगलवार १९:०२

काठमाण्डौं : सिक्टा सिँचाइ आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन परेको छ ।करिब सवा दुई अर्ब बिगोको उक्त भ्रष्टाचार मुद्दामा विशेषले सबैलाई सफाइ दिँदै नहर भत्कनुमा निर्माणस्थलको माटो घुलनशील हुनुलाई प्रमुख कारण ठहर गरेको थियो । सो फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग मंगलबार सर्वोच्च गएको हो ।

सिक्टा सिँचाइ नहर निर्माणमा अनियमितता भएको भन्दै २१ मंसिर ०७५ मा अख्तियारले मुद्दा दायर गरेको थियो । जसमा १६ जना सरकारी अधिकारीलाई दुई वर्षसम्म कैद वा बिगोबमोजिम जरिवाना वा दुवै सजाय माग गरी मुद्दा दायर भएको थियो । तर, विशेष अदालतले भने कमी-कमजोरी भए पनि त्यसमा कर्मचारी र ठेकेदारको बदनियत नभएको फैसला सुनाएको थियो ।

Nabintech