१२ श्रावण २०८१, शनिबार
नागरिक उन्मुक्ति पार्टि बाँकेको अध्यक्षमा चन्तराम

  • टाइम्स संवाददाता

  • २२ चैत्र २०७९, बुधबार ११:१७

कोहलपुर, बाँके: नागरिक उन्मुक्ति पार्टि बाँकेको अध्यक्षमा चन्तराम थारू चयन भएका छन । मंगलवार बाँकेको कोहलपुरमा पार्टिको प्रथम जिल्ला अधिवेशनले थारुलाई चयन गरेको हो । यसै गरि  उपाध्यक्षमा लक्षमण थारु सचीवमा भुम बहादुर भण्डारी कोषाध्यक्षमा नोरी कुमारी चौधरी र सह सचीव सुन्दर लाल थारु चयन भएका छन ।

सदस्यहरुमा श्री बलिराम चौधरी , हसिना बानो , समीर नाउ , नन्कुराम यादव , मदनलाल थारु , राजकुमार थारू , रामलौटन थारु , शोभाराणी थारु , घनश्याम थारू , चिन्का थारु , चेताराम थारू , गङ्गाराम थारु , सुनिल थारू , रन्जिता चौधरी , कविता थारु , हसित खुसिल, धनबिर थारु , बालकराम थारु , जनकराम थारु , घुर्का थारु , सबिन थारु , लगायत ३९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको नागरिक उन्मुक्ति पार्टि बाँकेले जनाएको छ ।

नागरिक उन्मुक्ति पार्टि बाँकेको प्रथम अधिवेशन प्रमुख अथिती केन्द्रिय सदस्य एव प्रबक्ता दामोदर पण्डित , बिशिष्ट अथिती केन्द्रिय सदस्य एव लुम्बिनी प्रदेश अध्यक्ष शान्ता चौधरी लगाएतको उपस्थितिमा सम्पन्न भएको हो ।

शुरेश कुमार चौधरीको अध्यक्षतामा सञ्चालित अधिबेशनमा स्वागत मन्तब्य लक्ष्मण थारुले राखेका थिए भने अधिवेशनको सञ्चालन भुम बहादुर भण्डारीले गरेका थिए ।

Nabintech