२९ असार २०८१, शुक्रबार
महिलालाई बलात्कार गरि नेपालगन्जका सलमान कवडिया फरार

सलमानले एक्कासी हातपात गर्नुका साथै बलात्कार समेत गरेको पीडित महिलाको आरोप


  • टाइम्स संवाददाता

  • २२ चैत्र २०७९, बुधबार १३:०३

नेपालगन्ज: घर साफा गर्न बेलाएर एक मजदुर महिलालाई बलात्कार गरि नेपालगन्जका सलमान कवडिया फरार भएका छन् । विवाह हुन लागेको भन्दै गत शनिवार घरको सामान मिलाउने र सरसफाई गर्न भनि बोलाएर लगेका नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ का अन्दाजी ३० वर्षिय सलमान कवाडिया घर परिवार सहित फरार भएका हुन् । गत शुक्रवार निर्वाचन कार्यालय अगाडीको चोकमा मजदुर खोज्न गएका सलमानले घर सफा गर्ने कामको लागि दुईजना महिला आवश्यक रहेको भनेपछि पीडित महिलाले आफ्नो भाउजुलाई लिए सलमानको घरमा काम गर्न गएको बताउँछिन् ।

शुक्रवार नन्द भाउजु मिलेर सलमानको तिन तला घरको माथि राखिएका काठ दाउरा मिलाएर राख्नुका साथै सरसफाईको काममा दिन बितेको बताइन्। दोस्रो दिन शनिवार एउटा मिस्त्री सहित एक जना महिला मात्र आउनु भनेपछि पीडित महिलाले नन्दे भाई साइनो पर्ने मिस्त्री सहित सलमानको घरमा गएको बताइन् । शनिवार घरको तेस्रो तला माथि ट्वाइलेटमा सिट बसाल्ने र बाक्रममा धारा जोडेको ठाउँमा सिमेन्टले टालटुल पार्ने काम गरेको पीडित महिलाको भनाइ छ । तेस्रो तलाको टालटुल पार्ने काम सकेर तल्लो तलामा पनि केही ठाउँ टालटुल पार्ने काम रहेकाले मिस्त्री तल झरेको र आफुले तेस्रो तलामा सिमेन्ट भरेको ठाउँमा बताइन् । सफा गर्दै गर्दा अप्रान्त करिव ५ बजे तिर सलमानले एक्कासी हातपात गर्नुका साथै बलात्कार समेत गरेको पीडित महिलाको आरोप छ ।

मिस्त्रीले तल्लो तलाको काम सकेर तेस्रो तलामा जाँदा पीडित महिलालाई रोइरहेको देखेर सोधेपछि पछि घटनाबारे थाहा पाएको मिस्त्रीको भनाइ छ। पीडित महिलालाई केही नभनेर मिस्त्रीले घरबाहिर निकालेर घटनाबारे जानकारी गराउँदै उनका श्रीमान्, अन्य मजदुर र प्रहरीलाई फोन गर्न थालेपछि सलमान भागेको बताइएको छ । मिस्त्रीले फोन गरे लगतै त्रिभुवन चोकबाट प्रहरीको टोली सलमानको घरमा पुगेपछि मात्र सलमानका घरमा रहेका बुवा, आमा र भाउजुले घटनाबारे थाहा पाएको पीडितको भनाइ छ। घटना लगत्तै सलमानको घरमा पुगेका प्रहरीले सलमानलाई खोज्नुको साटो उसको घरपरिवारसँग मिल्न आग्रह गरेको पीडित महिलाले नहुने घटना घटिहाल्यो अब तपाईंहरू दुवै परिवार मिल्नु पर्छ भनेर प्रहरीले भन्दै थिए तर हामी मिल्दैनी कारवाही प्रक्रियामा जान्छौं भनेर सिधै जिल्ला प्रहरी कार्यालयमा गयो।’ पीडित महिलाले भनिन् ।

महिला प्रहरीले लिखित तथा मौखिक बयान लिइसकेपछि सोही दिन स्वाथ्य परिक्षण गराउन जाउँ भन्दा प्रहरीले भोलि गराउँदा पनि हुन्छ भनेर घर फकाईदिए।’ घटनाको दोस्रो दिन आइतबार स्वाथ्य परिक्षण गरेपनि त्यसको रिपोर्ट अझै आईनसकेको उनले बताइन् । आइतबार सलमानलाई पक्राउ गराई छाड्ने भनेर मजदुरको समुह त्रिभुवन चोकबाट प्रहरीलाई लिएर सलमानको घरमा जाँदा सपरिवार घरमै रहेको र सलमनलाई पक्राउ गर्ने जिम्मा हाम्रो हो भन्दै मजदुरको समुहलाई बाहिर रोकेर प्रहरीले सलमनको बुवासँग केहीबेर कानेखुसी गरेर सलमान घरमा छैन भन्दै बाहिर निस्किएको पीडित पक्षको आरोप छ ।

प्रहरीको विश्वास न गरेर मजदुरको समुह घर भित्र जाँदा पछाडिको ढोका खुल्ला रहेकाले जानाजान सलमानलाई भगाइएको हुन सक्ने शंकालागेको उनीहरू बताउँछन् । सोही दिन दिउँसो पुनः जिप्रकाको प्रहरी टोली सहित सलमानको घरमा जाँदा घरमा ताला लगाईको र हाल सम्म पनि घर सुनसान अवस्थामा रहेको पीडित पक्षले बताएका छन्। घटना घटेको चौथो दिनसम्म पीडक पक्राउ नपर्दा न्याय नपाइने हो कि भन्ने डर लाग्न थालेको पीडित महिलाले बताइन् । घटनाबारे तत्काल जाहेरी दर्ता भइसकेकाले आत्तिनुपर्ने अवस्था नरहेको प्रहरीको भनाइ छ । घटनाको आरोपितलाई पक्राउ गर्ने प्रयास गरिरहेका छौ।’ जिल्ला प्रहरी कार्यालय बाँकेको प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीमगरले भने, खुला सिमानका कारण १५ मिनेटमै सिमा वारपार गर्न सक्ने अवस्था छ, घरमा ताला लगाएको भएपनि हामी अनुसन्धानकै प्रक्रियामा छौं।’ आगामी वैशाख १०, १२ गते सलमानको विवाहको तयारी गरीरहेको सलमानका घरपरिवारले काम गर्न गएकी पीडित महिलासँग बताएका थिए। पीडित महिला र उनका श्रीमान बर्दिया घर भई नेपालगन्जमा बसेर मजदुरी गर्दै आएपनि घटना घटेको दिन श्रीमान श्रीमती अलग अलग ठाउँमा काम गर्न गएको उनीहरूसँगै काम गर्ने अन्य मजदुरले बताएका छन् ।

Nabintech