६ जेष्ठ २०८१, आईतवार
तक्षशिला एकेडेमीले गर्यो कक्षा १२ का बिद्यार्थीहरुको विदाई

  • टाइम्स संवाददाता

  • २२ चैत्र २०७९, बुधबार १४:१२

कोहलपुर,बाँके: बाँके कोहलपुर १० मा रहेको तक्षशिला एकेडेमीमा कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गर्दै बिदाई गरिएको छ ।

कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुले आफु भन्दा सिनियर ब्याजका साथीहरुलाई मायाको चिनोका साथ विदाई गरेका हुन । सो अवसरमा विद्यालयले समेत विद्यालयमा अध्यन गरि विदाई भएर जाने विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गर्दै अध्यनमा ईमान्दारीका साथ लागेर आफु, आफनो परिवार , विद्यालय र समाजको नाम उचो राख्न प्रेरणा मिलोस भन्ने कामना गरेको छ ।

विद्यालयमा अध्यनरत विद्यार्थीहरुले आ आफ्नो प्रतिभा प्रस्तुति समेत गरेको कार्यक्रममा बिद्यालयका अध्यक्ष बिष्णु प्रसाद बेल्बासे, प्रधानाध्यापक मुकुन्द्र बिक्रम शाह, शिक्षक किसोर अधिकारी र निलकन्ठ घिमिरे लगाएतले शुभकामना ब्यक्त गरेका थिए ।

तक्षशिला एकेडेमी कोहलपुरमा ं२ तर्फ म्यानेजमेन्टमा होटल म्यानेजमेन्ट र कम्प्युटर बिषय अध्यापन हुँदै आइरहेको छ। कोहलपुरमा उत्कृष्ट विद्यालयको रुपमा रहेको यस बिधालयमा राम्रो अध्यापन हुने भएकाले बिद्यार्थीहरुको पहिलो रोजाइ हुने गरेको अभिभावकहरुले बताएका छन ।

Nabintech