३१ असार २०८१, आईतवार
कोहलपुरका ब्यापारीहरु आन्दोलित, २८ देखि ३० सम्म ब्यापार बैंक बन्द गर्ने

ठुला घरानाका ब्यापारीका कारण साना तथा मझौला ब्यापारीहरु डिप्रेसन देखि मृत्युको शिकार हुन पुगेको


  • टाइम्स संवाददाता

  • २४ चैत्र २०७९, शुक्रबार १३:५६

कोहलपुर, बाके: बाकेको कोहलपुरका ब्यापारीहरु आन्दालित भएका छन । बैंकको ज्याजती सहन नसकिने भन्दै उनीहरु आन्दोलित भएका हुन । ८ देखि ९ प्रतिशतको ब्याज दरलाई १६ देखि १७ सम्म पुरयाएर बैंकले ब्यबसायिहरुमा आतंक फैलाएपछि बाध्य भएर ब्यापारीहरु सडकमा आउनुपर्ने बाध्यता आईलागेको ब्यापारीहरुको दावि रहेको छ ।

कोरना कहर पछि आम्दानि घटेको तर ब्याज भने बढेको भन्दै ब्यापारीहरुले बैंकले आफना दैलामा आफना गाड पठाएर बाँच्न नदिने गरि तनाव थपिदिन लागे पछि ब्यापारीहरु एक जुट भएर बैंक तथा वित्तीय संस्थाका बिरुद्ध गोलबद्ध हुन लागेको बताईएको छ ।
ब्यबसायिक हक हित संरक्षण समितीले आज कोहलपुरमा पत्रकारहरु संगको छलफलमा आफना अपिल र आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ ।

ब्यापारीहरु दिनानुदिन गरिव हुदै जाने तर बैंकहरु २५ देखि ४० प्रतिशत नाफा गरेर मोटाउदै जाने भन्दै ब्यबसायिक हक हित संरक्षण समितीका संयोजक राजेन्द्र कुमार श्रेष्ठद्धारा जारी बिज्ञप्तिमा ठुला घरानाका ब्यापारीका कारण साना तथा मझौला ब्यापारीहरु डिप्रेसन देखि मृत्युको शिकार हुन पुगेको समेत उल्लेख गरिएको छ ।

बिज्ञप्तिमा बैंकहरुले घटिमा ५ प्रतिशत र बढिमा ९ प्रतिशत सम्म ब्याजदर कायम राख्नु पर्ने शुरु कर्जा लिंदा तोकिएको ब्याजदर बैंकले आफनो दादागिरी शैलिमा बढाएर १७ प्रतिशत पुरयाएको र ब्यापारीको आवाज राज्य र बैंक कसैले समेत नसुने पछि चरणबद्ध आन्दोलन गर्न लागेको उल्लेख गरिएको छ ।

आफना जायज मागहरु तत्काल सम्बोधन नगरे बैंक तथा बित्तीय संस्थाको किस्ता ब्याज रोक्ने र बैंकहरुमा समेत तालाबन्दि गरि कुनै काम कारोबार हुन नदिने भन्दै राजेन्द्र कुमार श्रेष्ठद्धारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ ।

बिज्ञप्तिसंगै ब्यबसायिक हक हित संरक्षण समितीले सम्पुर्ण सरोकारवालाहरुको ध्यानाकर्षण गराउदै एक अपिल समेत जारी गरेको छ ।
अपिलमा ब्याजदर १ अंकमा झारिनुपर्ने आधार दर ४,५ प्रतिशत कायम गरिनुपर्ने , हाल चलन चल्तिमा रहेका ५०० र १००० दरका नोटहरु प्रतिबन्ध लगाउनुपर्ने, लिलाममा निस्केका र प्रक्रियामा रहेका धितोहरुको समय थप गरिनुपर्ने, बैंकका गार्डहरु घरमा पठाउने जस्ता निन्दनिय कार्यहरु तत्काल बन्द गरिनुपर्ने ,स्थानिय सरकारले लिने घर बहाल करमा ५० प्रतिशत छुटको ब्यबस्था गरिनुपर्ने जस्ता आफना मागहरु प्रस्तुत गरिएको छ ।

आफना मागहरु पुरा गराउन ब्यबसायिक हक हित संरक्षण समितीले आज २४ गतेदेखि शान्तिपुर्ण आन्दोलन गर्ने समेत जनाएको छ । जस अन्तरगत आजै जिल्ला प्रशासन, नेपाल राष्ट्र बैंक तथा कोहलपुर नगरपालिकामा ज्ञापन पत्र बुझाईने छ भने २५ गते बृहत ब्यबसायिक अन्तरक्रिया गर्ने, २६ गते बैंक तथा बित्तीय संस्थामा आफना मागहरु सहित पत्राचार गर्ने २७ गते पम्पलेट सहित प्रचार प्रसार गर्ने र २८ गते कोहलपुर चौराहामा भेला भई बिरोध रयालि गर्दै सम्पुर्ण ब्यबसाय, बजार तथा बैंक बित्तीय संस्था बन्द गर्ने जनाईएको छ भने यातायात क्षेलाई हाल बन्द गर्ने सोच नभएको समेत प्रष्ट पारिएको छ ।

 

 

Nabintech