२९ असार २०८१, शुक्रबार
नेपालगञ्जमा राष्ट्रिय युवा संघको महाधिवेशन तयारी अन्तिम चरणमा

महाधिवेशनको नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने


  • टाइम्स संवाददाता

  • २४ चैत्र २०७९, शुक्रबार १४:१०

नेपालगञ्ज : राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । बाँकेको नेपालगञ्जमा चैत २७ देखि २९ गतेसम्म हुने महाधिवेशनका लागि सचिवालय गठन गरेर तयारीका कामहरु प्रचार प्रसार, अतिथिहरुलाई आमन्त्रणका लागि पत्राचार, मञ्च व्यवस्थापन, खाना र आवास व्यवस्थापन, आर्थिक संकलन लगायतका कामहरु करिब अन्तिम चरणमा पुगेका राष्ट्रिय युवा संघका लुम्बिनी प्रदेश सहसंयोजक सुरज खरेलले जानकारी दिए । महाधिवेशनबाट देशभरबाट दुईहजार बढी प्रतिनिधि सहभागी हुंदैछन् ।

महाधिवेशनको नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने कार्यक्रम तय भएको संघका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीले बताए । महाधिवेशनलाई हरेक हिसाबले ऐतिहासिक बनाउने पुरीले बताए । उदघाटन समारोहमा नेकपा एमालेका नेता कार्यकर्तासहित दशौं हजार जनता सहभागि बनाउने गरी तयारी भएको उनको भनाई छ ।

Nabintech