३१ असार २०८१, आईतवार
पाटन क्याम्पसमा आज स्ववियु निर्वाचन हुदै, विद्यार्थीको उत्साहपूर्ण सहभागिता

  • टाइम्स संवाददाता

  • २५ चैत्र २०७९, शनिबार ०८:३८

काठमाडौं:ललितपुरको पाटन संयुक्त क्याम्पसमा आज स्ववियु निर्वाचन हुदै छ । १४ वर्षदेखी हुन नसकेको स्ववियु निर्वाचनमा मतदान गर्न विहानैदेखी विद्यार्थीहरुको बाक्लो उपस्थीति रहेको छ ।
स्ववियु निर्वाचनको कार्यतालिका बमोजिम आज विहान ८ बजेदेखी अपरान्ह ४ बजेसम्म मतदानको समय तोकिएको छ । निर्वाचनमा विभिन्न ८ विद्यार्थी संगठनहरु प्रतिस्पर्धामा रहेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
यसअघि २०७३ सालमा आन्तरिक विवादका कारणले पाटन क्याम्पसमा स्ववियु निर्वाचन रोकिएपछि पुरानै नेतृत्वको स्ववियु रहदै आएको थियो । आज भएको स्ववियु निर्वाचनले पाटन क्याम्पसमा १४ वर्षदेपछि नयाँ नेतृत्व पाउने भएको छ। मतदान सकिएपछि आजै मत गणना सुरु गर्ने तयारी छ ।
Nabintech