२९ असार २०८१, शुक्रबार
एकैदिन ६४ जना काेराेना संक्रमित भेटिए, ८ जना आइसियुमा उपचाररत

  • टाइम्स संवाददाता

  • २५ चैत्र २०७९, शनिबार १७:४४

काठमाडौं: ​पछिल्लाे २४ घण्टामा ६४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको ११७० जनाको परीक्षणमा ६४ जना काेराेना संक्रमित भेटिएका हुन्।

यस्तै आज ५७ जना संक्रमित संक्रमणमुक्त भएका छन्।  मन्त्रालयको विवरण अनुसार हाल ८ जना संक्रमित आइसियु र ५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन भने १५ जना संक्रमित संस्थागत आइसोलेशनमा रहेका छन्।  मन्त्रालयको विवरण अनुसार हाल नेपालमा ३५७ जना संक्रिय संक्रमित रहेका छन्।

Nabintech