३१ असार २०८१, आईतवार
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

  • टाइम्स संवाददाता

  • २६ चैत्र २०७९, आईतवार ०६:३८

काठमाडौँ: हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले  देशका पहाडी भू-भागको मौसम आंशिक देखि सामान्य बदली रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली  र गण्डकी प्रदेशको पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशको पहाडी भू-भागमा पनि वर्षाको सम्भावना रहेको छ ।
राति भने  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। सोमबार पनि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
Nabintech