३१ असार २०८१, आईतवार
बर्दियामा पूर्व सांसदसहित ६५ नेता–कार्यकर्ता एमाले प्रवेश

  • टाइम्स संवाददाता

  • २६ चैत्र २०७९, आईतवार १६:१५

बर्दिया: बर्दियामा पूर्व सांसदसहित ६५ जना नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टीको  ग्रासरुट अभियान’अन्तर्गत मधुवन नगरपालिकामा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा पूर्व संघीय सांसद चिरञ्जीवी थारुसहित जसपाबाट ६ जना एमालेमा प्रवेश गरेका हुन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य एवं जनजाति महासङ्घका केन्द्रीय सदस्य तारा थापा मगरसहित ३० जना एमालेमै फर्किएका छन् । त्यसैगरी नेपाली काँग्रेस पार्टी परित्याग गरी ४ जना एमालेमा प्रवेश गरेका हुन् भने २५ जना नेकपा माओवादी केन्द्र लगाएतका पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

एमालेमा प्रवेश गरेका नेता कार्यकर्तालाई पार्टी सचिव टोपबहादुर रायमाझी, स्थायी कमिटी सदस्य डा राजन भट्टराई र पोलिटब्युरो सदस्य शान्ता चौधरी, लुम्बिनी प्रदेश उप सचिव तथा प्रदेश सांसद दुर्गा प्रसाद चौधरी लगायत नेताहरुले पार्टीमा स्वागत गर्नुभएको थियो ।

Nabintech