३१ असार २०८१, आईतवार
छाडा कुकुरको बन्ध्याकरण

रेबिज रोगको नियन्त्रण गर्ने उद्देश्यले पनि शिविर आयोजना


  • टाइम्स संवाददाता

  • २८ चैत्र २०७९, मंगलवार १५:५५

नेपालगन्ज: नेपालगञ्ज उपमहानगरपालिकाले सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्न थालेको छ । नेपालगञ्ज उपमहानगरपालिका पशु सेवा शाखाको आयोजना एवं एनिमल नेपालको प्राविधिक सहयोगमा ‘सामुदायिक कुकुर बन्ध्याकरण शिविर’ गरेर सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्न थालिएको हो ।

रामलिला मैदानस्थित नारी विकास केन्द्रमा ६ दिनसम्म सञ्चालन हुने शिविरमा नगरभित्रका २०० कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य लिइएको पशु सेवा शाखा प्रमुख लक्ष्मी शाहीले बताए । कुकुरहरुको संख्या बृद्धि रोक्ने र पशुजन्य विभिन्न रोगहरुको संक्रमण नियन्त्रणका लागि सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्न थालिएको शाहीले बताए । रेबिज रोगको नियन्त्रण गर्ने उद्देश्यले पनि शिविर आयोजना गरिएको हो ।

शिविरको पहिलो दिन आज आर्थिक विकास समिति प्रमुख एव वडा नं. ४ का वडा अध्यक्ष गोपाल पुनले शिविरस्थल पुगेर बन्ध्याकरण शिविरको निरीक्षण गरेका थिए । नेपालगञ्ज उपमहानगरपालिकाले बर्षेनी सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्दै आइरहेको छ ।

Nabintech