११ मंसिर २०८१, मंगलवार
कोरोनाले एक जनाको मृत्यु, एकैदिन थपिए १०६ संक्रमित

  • टाइम्स संवाददाता

  • २८ चैत्र २०७९, मंगलवार १७:२२

काठमाडौं : नेपालमा पुन: कोभिड संक्रमणबाट मानिसको मृत्यु हुन थालेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार लामो समयपछि मंगलबार एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

नेपालमा कोभिड संक्रमण पुन उकालो लागे सँगै आइसियु तथा भेन्टिलेटरमा उपचार गर्नु पर्ने संक्रमित बढ्न थालेका छन।  मन्त्रालयको विवरण अनुसार हाल देशभर १८ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत रहेका छन्। जसमा १३ जना आइसियु र ५ जना भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ।  यस्तै मंगलबार १ सय ६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। यो संगै हाल नेपालमा ४६९ जना सक्रिय संक्रमित पुगेका छन्।

Nabintech