२९ असार २०८१, शुक्रबार
प्रतिनिधि सभा सदस्य उपचुनाव : ६ वटा संस्थालाई पर्यवेक्षण गर्न अनुमति

  • टाइम्स संवाददाता

  • २९ चैत्र २०७९, बुधबार १३:०२

काठमाडौं : निर्वाचन आयाेगले वैशाख १० गते तनहुँ-१, चितवन-२ र बारा-२ मा हुने प्रतिनिधि सभा सदस्य उपचुनावकाे पर्यवेक्षण गर्न विभिन्न ६ संस्थालाई अनुमति दिएकाे छ ।

निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को दफा ८ उपदफा (२) बमोजिम जाँचबुझ गर्दा ६ वटा संस्थाहरुले आवश्यक प्रक्रिया पूरा गरेको पाइएकाले सोही निर्देशिकाको दफा १० को उपदफा (१) बमोजिम पर्यवेक्षण गर्न अनुमति दिने निर्णय भएको आयाेगले जनाएकाे छ ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ, नेपाल, पूर्व न्यायाधीश फोरम, नेपाल र राष्ट्र निर्माण मञ्च नेपालले उपचुनावकाे पर्यवेक्षण गर्न अनुमति पाएका हुन् । ती संस्थाबाट सम्बन्धित निर्वाचन क्षेत्र खुलाइ सिफारिस भइ आउने पर्यवेक्षक प्रतिनिधिलाई आयोगबाट तोकिएको ढाँचामा अनुमतिपत्र दिइनेछ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगमा ७ वटा निवेदन परेका । तर तीमध्ये एउटाले प्रक्रिया पुरा नगरेकाले अनुमति दिइएको छैन ।

Nabintech