२ श्रावण २०८१, बुधबार
बैजनाथका शिक्षकहरुले माघदेखि पाएनन पारीश्रमिक लापरवाहि कस्को ?

मासिक रुपमा आफनो पारीश्रमिक भुक्तानि हुनुपर्ने शिक्षहरुले उठाउन थाले आवाज


  • प्रमोद रिजाल

  • १ बैशाख २०८०, शुक्रबार १४:०७

कोहलपुर, बाँके: बाँकेको बैजनाथ गाउपालिकामा रहेका बिद्यालयहरुमा कार्यरत शिक्षकहरुले २०७९ माघदेखि आफुले पाउनुपर्ने तलब भत्ता नपाउदा आफनो दैनिकी गुजारामा निकै कठिन भएको बताएका छन ।
नयाँ बर्ष मनाउनलाई त चैत्र मसान्त सम्म तलब भत्ता बुझन पाईन्छ कि भनेर आशमा बसेका शिक्षकहरु नयाँ बर्ष पनि सुख्खा तरिकाले मनाउन बाध्य भएका छन ।

बैजनाथ गाउपालिकामा ३७ सामुदायिक बिद्यालयहरुमा स्थाई,अस्थाई, राहत र अन्य गरि करिव ३५० शिक्षकहरु कार्यरत रहेका छन ।
३५० शिक्षकहरुलाई गाउपालिकाले माघ देखि तलव निकासा नगरेपछि उनीहरुमा आश्रित परीवारहरुलाइ लालन पोषण गर्न, बैंकको किस्ता तिर्न समेत समस्या भएको शिक्षक बाबुराम अधिकारीले कोहलपुर टाईम्सलाई बताए ।

निजामति कर्मचारीहरुलाई मासिक रुपमा तलब भत्ता बितरण गर्दै आएको सरकारले शिक्षकलाई भने त्रैमासिक रुपमा तलव भत्ता निजहरुको खातामा डाीपोजिट गर्ने गरेको छ । एउटै देशमा कार्य गर्ने निजामति कर्मचारी र शिक्षक कर्मचारीहरुको तलव भत्ता प्रदान गर्ने राज्यको निति समेत बिभेदकारी रहेको शिक्षकहरु बताउछन ।

समयमै तलव हाल्न नसकेपछि गाउपालिका प्रति आक्रोश पोख्दै अबदेखि मासिक रुपमा पाउने गरि ब्यबस्थाकालागि आफुहरु शंघर्ष गर्न बाध्य हुने बताएका छन ।

गाउपालिकाले यस अघि रहेका प्रमुख प्रशासकीय अभिकृतको सरुवा भएर गएपछि नयाँ आएका कार्यकारी प्रमुखलाई गाउपालिकाले हाजिर गर्न नदिएपछि यो समस्या उत्पन्न भएको भुक्तभोगिहरुको भनाई रहेको छ तर बैजनाथ गाउपालिका शिक्षा शाखामा कार्यरत लाल बहादुर बोहराले गाउपालिकामा रकम अभावले तलब भत्ता नखुवाएको नभएर प्रमुख प्रशासकीय अधिकृत नहुदा यो समस्या आएको बताए ।
हिज अर्थात चैत्र ३० गते प्रमुख प्रशासकीय प्रमुखले हाजिर गरेको भन्दै बोहराले बैंक खाता परिवर्तन संगै शिक्षकहरुको तलव बैशाख पहिलो साता भित्र निकासि हुने बताए ।

Nabintech