२ श्रावण २०८१, बुधबार
ए डिभिजन लिग : जावलाखेलले मनाङलाई हरायो, मछिन्द्र र एनआरटीले बराबरी खेले

  • टाइम्स संवाददाता

  • २ बैशाख २०८०, शनिबार १७:४३

काठमाण्डाै: शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई हराएको छ ।च्यासल मैदानमा भएको खेलमा जावलाखेलले मनाङलाई ३–० गोलले हराएको हो । उसका एनकोटे मोसाबीले २ र फोडे फोफानाले १ गोल गरे । जितसँगै जावलाखेल १७ अंकसहित शीर्ष स्थानमा छ भने १५ अंक रहेको मनाङ तेस्रो स्थानमा छ ।

आजै दशरथ रंगशालामा भएको खेलमा  साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटीले १–१ गोलको बराबरी खेलेका छन् । मछिन्द्रका नुरेन करिम र एनआरटीका स्टेफिन जुनियरले गोल गरे ।

Nabintech