४ जेष्ठ २०८१, शुक्रबार
महिला उद्यमीहरुको संख्यात्मक बृद्धिले नै समाजमा संबृद्धि ल्याउछ: संघिय सांसद ढकाल

महिला उद्यमीहरुको संख्यात्मक बृद्धिका निम्ति प्रदेश सरकारमा समेत आवाज उठाउने


  • टाइम्स संवाददाता

  • ४ बैशाख २०८०, सोमबार १६:५२

कोहलपुर,बाँके: नेकपा एमालेका केन्द्रिय सदस्य तथा माननिय संघिय सांसद सुर्य प्रसाद ढकालले महिलाहरुलाई चुलो चौकोमा मात्र सिमित नराखि उद्यमशिलता तर्फ रुपान्तरण गर्न सके समाजमा संबृद्धि आउनेमा कुनै आशंका नरहेको बताएका छन ।

घरको सम्पुर्ण जिम्मेवारी महिलाको कााधमा हुने हाम्रो समाजमा महिलाले पनि अर्थोपार्जन गर्न सक्ने भन्दै महिला उद्यमीहरुलाई संख्यात्मक रुपमा बृद्धि गर्न राज्यले नै ठोस निति निर्माण गर्नुपर्नेमा आफनो आवाज सदनमा रहने समेत प्रतिबद्धता ब्यक्त गरे ।
महिलाहरुको प्रयासमा स्थापित विकास संवाद सम्वृद्धिको बाटोको नामक संस्थाले आज सोमबार कोहलपुरमा आयोजना गरेको नयाँ बर्षको शुभकामना आदान प्रदान तथा महिला उद्यमीहरुको सम्मान कार्यक्रममा माननिय संघिय सांसाद ढकालले यस्तो बताएका हुन ।

महिला उद्यमीहरुले आयआर्जनमा पुरयाएको योगदानको चर्चा गर्दै ढकालले हातमा सिप काम गर्न उत्सुकता लिएका महिलाहरुलाई स्थानिय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले समेत साथ सहयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका माननिय सांसद बसन्ति अधिकारीले महिला उद्यमीहरुले समाजमा सकारात्मक सन्देश दिने खालका कार्यहरु गरेको भन्दै महिला उद्यमीहरुको संख्यात्मक बृद्धिका निम्ति आफुले प्रदेश सरकारमा समेत आवाज उठाउने बताईन । महिलाहरुलाई अझैपनि हेय दृष्टिले हेरीने गरेको, घरेलु हिंसामा पर्ने गरेका कारण आफै उद्यमशिल भए अरुको भरोसामा बाँच्न नपर्ने भन्दै ग्रामिण स्तरका महिलाहरुलाई समेत उद्यमशिल कार्यमा लाग्न प्रेरणादायि तथा सचेतनामुलक कार्यक्रम सहितका प्याकेज सहितको उद्यमशिलता सम्बन्धित कार्यक्रम लागु गर्नुपर्नेमा जोड दिईन ।

संस्थाका अध्यक्ष माया गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा बााके क्षेत्र नं. १ का ९ जना महिला उद्यमीहरुलाई प्रमाणपत्र खादा सहित सम्मान गरिएको थियो ।  यसरी सम्मानित हुने बिभिन्न क्षेत्रमा काम गर्ने महिला उद्यमीहरुमा मिना शर्मा गौडेल, लक्ष्मिदेवी सुबेदी, पवित्रा सुनार, अस्मिता के.सि.,लोक कुमारी रोका क्षेत्रि, अन्जना धिताल, तिल कुमारी वलि, पवित्रा रावल र दयारानी चौधरी रहेका छन ।

आफुले उद्योग सन्चालन गरेर २,४ जनालाई रोजगारी दिएको महिलाहरु छनोट गरिएको संस्थाकी सदस्य उर्मिला अधिकारी पाण्डेले कोहलपुर टाईम्सलाई बताईन । सँस्थाका सचिव मिना कुमारी बिसीले सञ्चालन गरेको कार्यक्रममा भेला भएका दिदि बहिनीहरुले एक आपसमा नयाँ बर्षको शुभकामना साटासाट समेत गरेका थिए ।

Nabintech