२९ असार २०८१, शुक्रबार
नेपालबाट देखिँदैन आजको सूर्यग्रहण

  • टाइम्स संवाददाता

  • ७ बैशाख २०८०, बिहीबार ०७:३६

काठमाडौं :बिहीवार सूर्यग्रहण लाग्दैछ। तर यो ग्रहण नेपालमा भने देखिने छैन। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यो सूर्यग्रहण नेपालबाट नदेखिने र यसको दोष नलाग्ने जनाएको छ ।

‘आज लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई लाग्दैन र बार्नु पनि पर्दैन’, समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले भने।

बिहीबार लाग्ने सूर्यग्रहण चीन, मङ्गोलिया लगायत देशबाट देखिने बताइएको छ। नेपालमा यो वर्ष कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने देखिनेछ।

 

Nabintech