२० बैशाख २०८१, बिहीबार
क्याम्पस हाता भित्र गरियो बृहत सरसफाई

  • टाइम्स संवाददाता

  • ७ बैशाख २०८०, बिहीबार १७:५५

कोहलपुर,बाँके:स्वतन्त्र विद्यार्थी युनियन बागेश्वरी बहुमुखि क्याम्पसको आयोजनामा आज क्याम्पस प्रांगणमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।”उपयुक्त शैक्षिक वातावरण निर्माणको आधार स्वच्छ ,सुन्दर सरसफाई युक्त हाम्रो ब्यबहार” भन्ने मुल नाराकासाथ स्वतन्त्र बिद्यार्थी युनियन बागेश्वरी बहहुमुखी क्याम्पसले क्याम्पसमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो ।

सरसफाई कार्यक्रममा क्याम्पस प्रमुख दान बहादुर हमाल, प्राध्यापक संघका अध्यक्ष, क्याम्पसका प्राध्यापकहरू, कर्मचारीहरू, स्ववियुका पुर्ब सभापति सुर्य रोकाय,पुर्ब कोषाध्यक्ष कालि बहादुर डाँगि, बर्तमान स्ववियु पदाधिकारी, तथा बिद्यार्थीहरूको सहभागिता रहको स्ववियु अध्यक्ष देबेन्द्र बहादुर बुढाले कोहलपुर टाईमसलाई बताए ।

क्याम्पस हाता भित्रका फोहरहरु संकलन गरि नश्ट गरिएको थियो भने सरसफाईलाई निरन्तरता दिने समेत स्ववियु बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुरले जनाएको छ ।

Nabintech