२१ बैशाख २०८१, शुक्रबार
शंघर्ष रोज ग्रुप स्थापना दिवसमा स्यानेटरी प्याड वितरण

महिलाहरुले महिलाहरुका लागि उत्पादित सामाग्रिहरु स्थानिय सरकारले बजारीकरण गर्न सहजिकरण गर्ने तथा खरिद गर्नुपर्ने


  • टाइम्स संवाददाता

  • ८ बैशाख २०८०, शुक्रबार १८:५६

कोहलपुर,बाँके: शंघर्ष रोज ग्रुप प्रा.लि.ले आफनो स्थापना दिवसका अवसरमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रहेका सुत्केरी, स्वास्थ्यकर्मि तथा कर्मचारीहरुलाई निशुल्क रोज नामक स्यानेटरी प्याड वितरण गरेको छ ।

२ बर्ष अघि शंघर्ष रोज ग्रुप प्रा.लि स्थापना गरि महिलाहरुका लागि पिरियड समयमा स्वस्थ, भरपर्दो एबं टिकाउ हुनेगरी बाँके बर्दिया लक्षित स्यानेटरी प्याड उत्पादन गर्दै आएको शंघर्ष रोज गु्रप प्रा.लि का अध्यक्ष तुलसि सुनारले जानकारी दिईन ।

बजारमा पाईने बिभिन्न खाले स्यानेटरी प्याडहरु स्वास्थ्यका लागि खराब हुने कमसल खाले हुने गरेको भन्दै स्थानिय उत्पादनमा आफुहरुले जोड दिएको भन्दै अध्यक्ष सुनारले आफुले उत्पादन गरेका स्यानेटरी प्याडहरु कटनको भएकाले पाठेघरको क्यान्सर हुनबाट जोगाउने समेत दावि गरिन ।

रोज ग्रुप प्रा.लिले उत्पादन गरेका रोज प्याडहरुमा जेल प्रयोग भएकाले सुख्खा रहने, कपडामा नलाग्ने, उच्च शोसन शक्ति भएको, मिडिएक साईज भएकाले जस्ले पनि प्रयोग गर्न मिल्ने बताउदै अध्यक्ष सुनाले रोज स्यानेटरीले महिलाहरुको प्रजनन स्वास्थ्यका लागि समेत उपयोगि भएको बताईन ।

हाल सम्म २० लाख बढिको बिक्रि वितरण गरिसकिएको भन्दै रोज ग्रुप प्रा.लि.ले आफु मातहतमा करिब ४०० पसलहरुमा आफुले उत्पादित सयानेटरी प्याडहरु सप्लाई गरिसकेको छ भने दलित शंघर्ष बचत तथा ऋण सहकारीका करिबन २७०० सदस्यहरुमार्फत बजारिकरण गर्ने सोच बनाएको छ ।

बिभिन्न बिद्यालयहरुमा रोज स्यानेटरी नै रोजाई रहेको भए पनि स्थानिय निकाय र स्थानिय सरकारले स्थानिय उत्पादनलाई उति चासो दिन सकेको छैन । बाँकेको जानकी गाउपालिका बाहेक अन्य ७ पालिकाले सस्तोमा टेण्डर आब्हान गर्दा आफनो रोज स्यानेटरीको टेण्डर नै नपरेको रोज ग्रुपले जनाएको छ ।

स्थानिय उत्पादनलाई प्रेत्साहन दिउ भन्ने नारा लाएर नथाक्ने स्थानिय सरकारका प्रमुखहरु स्थानिय उत्पादनलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउन नसकेको प्रति दुख ब्यक्त गर्दै रोज ग्रुज प्रा.लिका अध्यक्ष तुलसि सुनारले महिलाहरुले महिलाहरुका लागि उत्पादित सामाग्रिहरु स्थानिय सरकारले बजारीकरण गर्न सहजिकरण गर्ने तथा खरिद गर्नुपर्ने भन्दै कमसल र कम मुल्यका स्यानेटरी प्याड बितरण गरेर महिलाहरुको स्वास्थ्यमा खेलबाड नगर्न समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराईन ।

दोस्रो स्थापना दिवसका अबसरमा शंघर्ष रोज ग्रुप प्रा.लि.ले स्यानेटरी प्याड वितरण गर्ने कार्यक्रम कोहलपुर नगरपालिकाका सबै वडामा गएर सचेतना फैलाउदै प्याड बितरण गर्ने कार्यक्रम समेत रहेको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताएको छ ।

 

Nabintech