३१ असार २०८१, आईतवार
उपनिर्वाचन : मतदान सुरु

तीन वटै क्षेत्रमा शान्तिपुर्ण मतदान


  • टाइम्स संवाददाता

  • १० बैशाख २०८०, आईतवार ०७:४६

काठमाडौं : प्रतिनिधिसभाका तीन रिक्त स्थानमा मतदान सुरु भएको छ। तनहुँ–१, चितवन–२ र बारा–२ मा आइतबार बिहान ७ बजे मतदान सुरु भएको हो। साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।

तनहुँ क्षेत्र नं. १ मा निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति र बारा क्षेत्र नं. २ मा जसपाका रामसहाय यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो। चितवन– २ मा निर्वाचित रास्वपाका अध्यक्ष रवि लामिछाने नागरिकता प्रकरणमा पदमुक्त भएपछि पुनः निर्वाचन हुन लागेको हो।

तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा. स्वर्णिम वाग्लेलगायत प्रतिस्पर्धी छन्।  चितवन–२ मा रास्वपाका लामिछाने, एमालेका रामप्रसाद न्यौपानेर कांग्रेसका जितनारायण श्रेष्ठ, लगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।

बारा–२ मा जसपाका उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुशवाहा, एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल, आमजनता पार्टीका अरुण ज्ञवालीलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।

 

Nabintech