३१ असार २०८१, आईतवार
नेपालगञ्जमा एथलेटिक्स सेन्थेटिक ट्रयाक बन्दै

  • टाइम्स संवाददाता

  • १० बैशाख २०८०, आईतवार १३:२०

नेपालगञ्ज : नेपालगञ्ज रङ्गशालामा निर्माण गर्न लागिएको एथलेटिक्स सेन्थेटिक ट्रयाकको आईतबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले शिलान्यास गरेका छन् ।

११ करोड ६४ लाख रुपैयाँमा १० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरि ट्रयाक निर्माणको जिम्मेवारी प्रतिक्षा कन्स्ट्रक्शन प्रालिले पाएको सदस्य सचिव घिसिङले बताए ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सुमित्रा चौधरी, दिपेन्द्र विष्ट, राष्ट्रिय खेलकुद परिषद अन्तर्गत मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश लगायतको उपस्थिती रहेको थियो ।

Nabintech