२ श्रावण २०८१, बुधबार
स्थानिय सरकार जनतासंग सामाजिक सञ्जाल मै सवाल जवाफ

यस्तो हो भने आफ्नै घर वेचेर दिए भैगयो नि, सच्चा अनुयायी हुनुहुदो रहेछ, जनताको करबाट उठेको पैसा हो


  • प्रमोद रिजाल

  • १० बैशाख २०८०, आईतवार १६:०७

कोहलपुर,बाँके: त्यसो त कोहलपुर नगरपालिकामा सवाल जवाफका कार्यक्रम नहुने गरेका भने छैनन तर पनि बिभिन्न तिगडम गरेर जेसिजलाई सार्वजनिक सुनुवाईको कार्यक्रम दिएपछि रुष्ट रहेका स्थानिय बिभिन्न पार्टिका नेता, कार्यकर्ता, पत्रकार तथा जनताहरु उक्त सार्वजनिक सुनुवाइ कार्यक्रममा नगएर आफनो मनमा लागेका कुराहरु सामाजिक सञ्जालमा पोख्दै आएको पाईन्छ ।

स्थानिय जनताले पोखेका आक्रोश, विकास प्रतिको खबरदारि तथा आलोचनाहरुलाई मेयर स्वयमले प्रतिबाद गर्नुले आलोचना नै गर्न नपाउने हो कि भन्ने कठोर बिम्ब झल्किन्छ । बजेटको दुरुपयोग गर्दै अनुत्पादक क्षेत्रमा लगानि बढदै जानु, बिभिन्न परियोजनाहरु आफु अनुकुलताका मान्छेलाई दिलाउनु, कुनै स्कुलका भवन अपुरा रहनु तर कुनै स्कुलका प्रांगणमा सटर सहितका कोठा निकाल्ने प्रपञ्ज गर्नु , वडा नं. १४ र २ मा बजेटको बाढि बगाउनु तर अन्य वडालाई सौतेलो आमाको ब्यबहार गर्नुले पनि युवा मेयर कतै असफल हुने बाटोमा त लागेनन भन्ने यक्ष प्रश्न आउन थालेका छन ।

यसैको उपज कोहलपुरमा पछिल्लो समय स्थानिय सरकार प्रमुख रहेका पूर्ण प्रसाद आचार्य र स्थानिय नागरिक बिच सामाजिक संजालमा नगरपालिका तथा नगर विकासले कार्य सम्पादन गरेका बिषयहरुमा सवाल जवाफ गर्दै जनतासंग भिडने गरेको पाईएको छ ।

जनताको सेवा गर्न कसम खाएका युवा मेयर आचार्य पछिल्लो समय सामाजिक सञ्जालमा आफ्नो कार्य सम्पादनको आलोचना भएपछि कमेन्ट गर्नमा ब्यस्त देखिनुले युवाहरुले लेख्न र बोल्न बाहेक ब्यबहारमा काम गर्न नसक्ने नजिर स्थापना हुदै जाने हो भने ”युवा पनि बेकार रहेछन” भन्ने सन्देश आम जनतामाझ जान नसक्ला भन्ने स्थिती रहेन ।

”कोहलपुर नगरपालिका वडा न ११ टाउन प्लानिङ्गभित्र उप प्रमुख ज्युको निवास पश्चिममा गरिएको अस्फाल्ट कालोपत्रे सडक कतै प्वाल कतै विद्युतका पोल र तारहरु कता ब्यस्त अनुगमन र प्राबिधिकहरु” भन्ने शिर्षक राखेर सामाजिक सञ्जालमा पोष्ट गरेको स्टाटसमाथि समेत मेयर आचार्यले प्रतिवाद गरेका छन । उनले अगाडि लेख्छन यो बिषयमा हाम्रो ध्यानाकर्षण भएको छ, फोटोमा देखाइएको माटोको जस्तो देखिने प्वाल ढलको प्वाल हो जहाँ फलामको सल्याब छ । बिधुत प्राधिकरण बिधुतको नया पोल राख्ने र पुरानो पोल निकाल्ने तयारीमा छ पुरानो पोल भएको हुदा स्टेन दिएको छ । स्टेनको मुनि रोलरले काम गर्न सकेको छैन बाकी जिल्ला भरी कै उत्कृष्ट निर्माण ब्यवसायी मध्यका एक ब्यावसायी टेक बहादुर खड्काको कम्पनीबाट काम भैरहेको छ काममा कुनै कम्परमाईज छैन ।

त्यसै गरी मेयर आचार्यले स्थानीय अनलाइनमा प्रकाशित समाचारलाई एक स्थानियले आफनो फेसबुक वालमा पोष्ट गरेपछि आफनो बचाउ गर्दै दर्जनौ पटक सवालका जवाफ दिएको पाइएको छ । स्वर्गीय शुसिल कोइराला स्मृति भवनका लागि र फातिमा फाउण्डेसन लाई समेत बजेट दिएपछि मेयर आचार्यको उक्त निर्णयको कोहलपुरका आम नागरिकहरुलाई विरोध समेत गर्दै आएका छन । मेयर आचार्यले आफनो आस्था र सच्चा अनुयायि भएकाले बजेट दिएको बताएपछि पक्ष बिपक्षमा बिभिन्न टिका टिप्पणी भएका छन ।

स्थानीय अनलाइनहरुले गत २०७९ चैत्र २३ गते मेयर आचार्यले नेपालगञ्ज स्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा निमार्ण हुन लागेको स्वर्गीय शुसिल कोइराला स्मृति भवनका निमार्णका लागी ७ लाख रकम दिने निर्णय गरेका थिए । स्थानिय सरकारले संघिय सरकारको जस्तो गरि रकम बाँडेको भन्ने समाचार आएपछि गरिएको समाचार शेयरमा पनि उनले प्रतिबादमै उत्रिएको पाइएको छ । सुशील कोइराला कांग्रेस र पुर्ण आचार्यको मात्रै नेता हैन लोकतान्त्रिक आन्दोलनको एक प्रयाइ र एतिहासिक ब्यक्ती हो । सुशासन र पारदर्शीताको एक बिम्ब हो । उहाको नाममा बाँके जिल्लामा बन्ने भवन,संग्रहालय,बृत चित्र, शालिक ,पुस्तकालय,खेलमैदान, पार्क आदि कुनैपनी क्षेत्रमा उहाको नाम लाई कालजयी बनाउने संरचनाहरु निर्माण हुदा आगामी दिन पनि दिल खोलेर सहयोग हुनेछ । म उहाको सच्चा अनुयायी हु उहाँसगको छोटो राजनैतिक सामिप्यतामा आर्थिक पारदर्शीता के हो भन्ने कुरा उहाबाट सिकेको छु । आजका दिनमा राजनिती गर्ने ब्यक्तिहरुले उहाको आर्थिक अनुसाशनको अनुसरण मात्रै गरिदिए पुग्छ भन्ने तर्क मेयर आचार्यले राखेपछि ३१ पटक सवाल जवाफ भएको पाइएको छ ।

राज क्षेत्रि भन्ने फेसबुक प्रयोगकर्ताले ”यस्तो हो भने आफ्नै घर वेचेर दिए भैगयो नि, सच्चा अनुयायी हुनुहुदो रहेछ, जनताको करबाट उठेको पैसा हो” भनेर आक्रोश पोखेपछि मेयर आचार्यले राज क्षेत्रिको स्वतन्त्रतामाथि समेत धावा बोल्दै छदम भेषि भन्दै आइडीमा फोटो राख्ने गर्नुहोला छदम भेषमा सामाजिक संजालमा सवालजवाफ गर्न मजा लागेको छैन भन्ने जवाफ फर्काएका छन । उनले राज क्षेत्रि भन्ने फेसबुक प्रयोगकर्तालाई ७ पटक जवाफ फर्काएका छन ।

समग्रमा कोहलपुर नगरपालिका र नगर विकास समितीले सम्पादन गर्ने कार्यहरुमा कुनै कमेन्ट गर्ने वातावरण तयार गर्न स्थानिय सरकार प्रमुख अग्रसर हुने हो भने यस्ता खाले सामाजिक सञ्जालमा प्रतिबाद गरीरहन जरुर हुदैन तर कोहलपुर नगरपालिका वडा नं. ९ कि काङग्रेस सर्मथक गंगा वलि फातिमा फाउण्डेसनमा भएकै कारण सिलाई कटाई कार्यक्रम नेपालगञ्ज जानु , शुसिल कोईरालाको योगदान राष्ट्रको लागि होला तर राष्ट्रले गर्ने सहयोग स्थानिय तहले गर्नु , टमाटरको होलि खेल्न २ लाख दिनु बिभिन्न खेलकुद गराउन बजेटको खोलो बगाउदै कार्यकर्ता पोष्ने, प्रस्तावना पत्रमा कोहलपुरका ३ शौचालय एबं सौचालयका वरीपरि रहेका जमिन समेत न्युन शुल्कमा आफनै कार्यकर्तालाई दिनु कार्यले अब नेपालमा राजनैतिक दल संग विश्वास गर्ने वातावरण नै रहेन ।

यति बिधि बेथिती हुदापनि मेयरका केहि साईबर सेनाहरुले ”उत्कृष्ट कार्य वाउ गुड’‘ जस्ता लेख्ने गरेका छन । हिज लुटको राज्य भयो भन्नेहरु आज राम राज्य नै भएको अनुभुत भएको छ । क्रमश:

Nabintech