२० आश्विन २०८१, आईतवार
पाकेको टमाटर मलको रुपमा खेतबारीमा

टिपेकाे टमाटर घरभरी कुहिएर गन्धअाउनु थालेपछि बाध्य भएर मलखादमा


  • टाइम्स संवाददाता

  • १३ बैशाख २०८०, बुधबार १२:०२

खजुरा, बाँके : बाँकेको खजुरा गाउँपालिका क्षेत्रका टमाटर खेती गर्ने किसानले आफु उत्पादन गरेको टमाटर विक्रि नभएपछि पाकेको टमाटर मलको रुपमा खेतबारीमा फालेका छन् । किसानले उत्पादनको गरेको टमाटर प्रतिकेजी ५ रुपैयामा समेत विक्रि नभएपछि टमाटर खेतमा फाल्न बाध्येभएको अगुवा कृषक लालबहादु खत्रीको भनाइ रहेको छ । बोटबाट टिपेको २ सय क्यारेट आज बारिमा लिए फाले अझै १ हजार भन्दा बढी टमाटर बोटमै कुहिएको उहाँले जानकारी दिनु भयो । आफ्नो लगानी नै नउठेकामा गुनासो गर्दै उहाँले मत खत्तमै भएँ के गर्ने सबै खेती नास भएर जाने भयो भन्दै गुनासो गर्नु भयो । टिपेकाे टमाटर घरभरी कुहिएर गन्धअाउनु थालेपछि बाध्य भएर मलखादमा टमाटर फाल्नु परेकाे उहाँले जानकारी दिनु भयाे ।

कृषक खत्रीका अनुसार यस भन्दा पहिला पनि आफु उत्पादन गरेको टमाटर विक्रि नभएपछि सामाजिक सञ्जाल फेसबुकमा समेत स्थानीय सरकारले किसानको उत्पादनमा कुनै चासो नदिएको भन्दै दुख प्रकट गर्नु भएको थियो । उहाँका अनुसार छिमेकी मुलुक भारतबाट ल्याएको टमाटरले गर्दा नेपाली कृषकले उत्पादन गरेको टमाटर व्यापारीले खरिद नगरेको दुखेसो व्यक्त गर्नु भएको छ ।

खजुराक्षेत्रमा विशेषगरी वडा नं. २ का केही अगुवा कृषकले आयआर्जनका लागि लगाएको तरकारी खेतीले उचित मुल्य नपाएको र त्यसको राहत सहयोग समेत स्थानीय सरकारले चासो नदिएको उहाँले गुनासो गर्दै आउनु भएको छ । यस विषयमा जानकारीका लागि खजुरा गाउँपालिकाका अध्यक्षलाई सम्पर्क गर्दा उहाँको मोबाइलमा सम्पर्क हुन सकेन भने र कृषि शाखा प्राविधिकले मोबाइल फोन नै उठाउनु भएन ।

Nabintech