५ जेष्ठ २०८१, शनिबार
नेपालगन्जमा विराट ५१ कुण्डिया गायत्री महायज्ञ हुदै

४ बजेदेखि ७ बजेसम्म श्रीमद् पावन प्रजापुराण कथा एवं भव्य दीप महायज्ञ हुने


  • टाइम्स संवाददाता

  • १४ बैशाख २०८०, बिहीबार १२:३८

नेपालगन्ज: गायत्री परिवार पज्ञा मंडल नेपालगन्ज तथा गायत्री परिवार बाँकेको आयोजना हुन लागेको विराट ५१ कुण्डिया गायत्री महायज्ञ यहीँ बैशाख २६ गतेदेखि २९ गतेसम्म बाँके नेपालगन्जको धम्बोजी खजुरा रोडमा रहेको गायत्री मन्दिरमा भव्य महायज्ञ हुने भएको छ ।

वैशाख २६ गते हुने महायज्ञमा बिहान ९ बजे देखि १२ बजे सम्म दिव्य आकर्षक झाँकीको साथ श्रीमद् पावन प्रज्ञा पुराण एवं चार वेदको भव्य कलश यात्रा, गायत्री शक्तिपीठ धम्बोझी देखि नगर परिक्रमा गरी शुभारम्भ हुने साझ ४ बजे देखि ७ बजे सम्म युग ऋषी तपोनिष्ट वेदमूर्ति पं. श्रीराम शर्मा आचार्य द्वारा रचित श्री मद् पावन प्रज्ञापुराणको पूजन एवं कथा वाचन गरी शुभारम्भ हुने आयोजकले बताएको छ ।

दोस्रो दिन अथवा २७ गते बिहान ५ देखि ६ बजेसम्म ध्यान साधना एवं योग व्यायाम हुने र ७ देखि ११ बजेसम्म विशिष्ट देव आवाहन एवं पूजन डा. जी राज शाक्य ज्यको सहयोगबाट निर्मित यज्ञशालाको उद्घाटन संगीतमय श्रीमद् पावन पज्ञापुराण कथा भई शुभारम्भ हुनेछ भने तेस्रो दिन २८ गते बिहान ५ देखि ६ सम्म ध्यान साधना एवं योग व्यायाम , ७ देखि ११ सम्म गायत्री महायज्ञ एवं विभिन्न संस्कार हुने , दिउँसो १:३० देखि ३ बजेसम्म कार्यकर्ता गोष्ठी र ४ बजेदेखि ७ बजेसम्म श्रीमद् पावन प्रजापुराण कथा एवं भव्य दीप महायज्ञ हुनेछ ।

चोैंथो अथवा अन्तिम दिन बैशाख २९ गते ५ देखि ६ बजेसम्म ध्यान साधना एवं योग व्यायाम हने ७ देखि ११ सम्म गायत्री महायज्ञ की पूर्णाहूति हुने र दिउँसो १२ देखि ४ बजेसम्म सत्य नारायण पाठक द्वारा सम्पन्न सवा करोड़ गायत्री मन्त्र जप अनुष्ठान को पूर्णाहूति एवं विभिन्न संस्कार आचार्यगण को विदाई प्रसाद भण्डारा गराई समापन हुने आयोजक गायत्री परिवार पज्ञा मंडल नेपालगन्ज तथा गायत्री परिवारले बताएका छन ।

उता महायज्ञ कार्यक्रमको जिम्मेवारीमा संयोजक सत्यनारायण प्रसाद पाठक, सह-संयोजक डा: विजय प्रसाद प्रधान , महासचिव वेचन गुप्ता , आर्थिक व्यवस्थापनमा गिरवर प्रसाद अग्रवाल, आवासीयमा आकाश गुप्ता , मुख्य प्रचार समितिमा पशुपति दयाल मिश्रा , प्रचार समितिमा राज किशोर वढई , पंजियवमा पदम अर्याल , पोडाल समितिमा मनीस कर्माचार्य , यज्ञशाला समितमा रेनु बेलबासे, भोजानालय समितिमा राम गोपाल वैश्य , कलशयात्रामा सेतुलि माया श्रेष्ठ, चन्द्रकला शर्मा , शान्ति सुरक्षामा नारायण दत्त पोख्रेल , गंगा राम थापा , सचिवालयमा राम गोपाल अग्रवाल, जलकल विभागमा बाबा दीन वर्मा , सरसफाइमा विभागमा मीन प्रकाश के सी र मीडिया प्रचार प्रसार जिम्मेवारी रुद्र सुवेदीलाई दिएको आयोजकले बताएको छ ।

Nabintech