४ जेष्ठ २०८१, शुक्रबार
स्ववियु बागेश्वरी क्याम्पसले गर्यो भित्तेपात्रो बिमोचन

परीक्षा केन्द्रित प्रशिक्षण कार्यक्रम समेत स्ववियुले आयोजना गरेको थियो


  • टाइम्स संवाददाता

  • १५ बैशाख २०८०, शुक्रबार १७:०९

कोहलपुर, बाँके: बाँकेको कोहलपुरमा रहेको स्वतन्त्र विद्यार्थी युनियन बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरले आफनो शैक्षिक क्यालेन्डर सहितको भित्तेपात्रो बिमोचन कार्यक्रम एक समारोहका बिच क्याम्पस प्रांगणमा सम्पन्न गरेको छ ।

स्ववियुले नयाँ बर्ष २०८० सालको शुभकामना आदान प्रदान, भित्तेपात्रो बिमोचन तथा परिक्षा तयारी केन्द्रित प्रशिक्षण कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य माननीय बसन्ती अधिकारीको प्रमुख अतिथ्यतामा सम्पन्न सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथी एबं लम्बिनी प्रदेश सभा सदस्य माननिय सांसद बसन्ति अधिकारीले भितेपात्रो बिमोचन गर्दै विद्यार्थीहरुले क्याम्पसमा सरसफाई, परिक्षा केन्द्रित प्रशिक्षण जस्ता कार्यक्रमहरुले बिद्यार्थीहरुको रचनात्मक क्षमता विकास भई ब्यबस्थित,सहि र सार उत्तर दिन सक्ने ज्ञानको विकास हुने भन्दै यस्ता रचनात्मक कार्यक्रमहरु निरन्तर हुनुपर्नेमा जोड दिईन ।

उनले आफुपनि क्याम्पस जिवनबाट यो स्थान सम्म आईपुगेको भन्दै क्याम्पसको आर्थिक श्रीबृद्धि जस्तो सुकै हातेमालो गर्न समेत तयार रहेको जिकिर गरिन ।

कार्यक्रममा बिशिष्ट अतिथि क्याम्पस प्रमुख दान बहादुर हमाल कोहलपुर नपा ११ नं वडाअध्यक्ष कल्पना अधिकारी ,अतिथिहरु स्वतन्त्र बिद्यार्थी युनियनका पुर्ब स्ववियु सभापति अब्दुल हुँसेन खान ,सुर्य रोकाया पुर्ब क्याम्पस प्रमुखहरू ,प्राध्यापक संघका अध्यक्ष ,बिभिन्न प्राध्यापक संघका अध्यक्षहरू ,बिभागिय प्रमुखहरू तथा अन्य प्राध्यापकहरू सहभागि रहेको थियो ।

परीक्षा केन्द्रित प्रशिक्षण कार्यक्रम संकाय अनुसार तयार गरिएको शिक्षाशास्त्र संकायमा प्रशिक्षण प्राध्यापक तोयानाथ पहाडी र टेकेन्द्र कु महाताराले दिएका थिए भने ब्यबस्थापन संकायमा प्राध्यापक किरोरसिंह राठोर र प्रमोद सुबेदिले प्रशिक्षित गराएका थिए । मानबिकी संकायतिर प्राध्यापक खोपिराम वली र नबिनकिशोर रत्नले प्रशिक्षित गराएको कार्यक्रमको अध्यक्षता स्ववियु सभापति देबेन्द्र बुढाले गरेका थिए ।

स्ववियु सदस्य अभिषा बोहराको स्वागत मन्तब्यबाट प्रारम्भ कार्यक्रमको सञ्चालन स्ववियु सचिव महेन्द्र प्रकाश मल्लले गरेका थिए ।
स्ववियुका पदाधिकारीहरुले आफुहरु निर्वाचित भएदेखि रचनात्मक कार्यक्रम र बिद्यार्थीको समस्या समाधानको काममा तल्लिन रहेको छ भने मध्यपश्चिम बिश्वबिद्धालयमा गएर बिद्यार्थीका आम शैक्षिक मुद्धाहरुमा समेत चासो र खबरदारि गर्दै आएको छ ।

 

 

 

 

Nabintech