४ जेष्ठ २०८१, शुक्रबार
सिन्धुलीमा कार दुर्घटना, दुईजनाको मृत्यु, एक गम्भीर

  • टाइम्स संवाददाता

  • १७ बैशाख २०८०, आईतवार ०७:५२

काठमाडौं : सिन्धुलीमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ८ च ९१३५ नम्बरको कार आज बिहान विपी राजमार्ग अन्तगर्त पिपलभञ्जा‌गमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले  जानकारी दिए।

मृत्यु हुनेमा काभ्रे पनौतिका शिवशरण हाेछिमर र काठमाडौं गौरिघाटका सहारा प्रसाईं रहेको सिलवालले बताए। गम्भीर घाइतेलाई काठमाडौं पठाउने तयारी रहेको उनले बताए।

Nabintech