५ जेष्ठ २०८१, शनिबार
आज बागेश्वरी मन्दिरको महाआरतीमा पूर्वराजा ज्ञानेन्द्र उपस्थिति हुने

  • टाइम्स संवाददाता

  • १८ बैशाख २०८०, सोमबार ०७:२५

नेपालगन्ज: आज सोमबार शक्तिपिठ बागेश्वरी मन्दिरको महाआरतीमा पूर्वराजा ज्ञानेन्द्र शाह मुख्यकर्ताका रूपमा उपस्थिति हुने नेपाल शिवसेना सचिवालयले बताएको छ।

हरेक सोमबार गरिने महाआरतीमा मुख्यकर्ताका रुपमा एकजना व्यक्ति वा परिवार समर्पित रहँदै आएकोमा यश पटक मुख्यकर्तामा राजाको सहभागिता रहने भएको छ ।

महाआरतिमा राजाको सहभागिता हुने भनेपछि भक्तजनको घुइँचो हुन सक्ने भन्दै नेपाल शिवसेनाले आफ्नो सरकार सवारीको सुरक्षा व्यवस्थापन कमिटी गठन गरि परिचालन गर्ने नेपाल शिवसेना केन्द्रीय महासचिव मंगल घर्तिमगरले बताएका छन । तेस्तै बैशाख २० गते बुधबार पूर्व राजा ज्ञानेन्द्र शाहलाई नेपालगन्ज रामलिला मैदानमा नागरिक अभिनन्दन गर्ने भएका छन ।

Nabintech