७ जेष्ठ २०८१, सोमबार
मजदुर आन्दोलनको गौरवशाली इतिहास एमालेसँग छ : ओली

एमालेलाई सरकारबाट हटाएपछि श्रमिकहरुको सम्मानित,सुरक्षित श्रम जीवन,स्वस्थ नागरिक,सीपयुक्त नागरिक र मर्यादित काममा अवरोध


  • टाइम्स संवाददाता

  • १८ बैशाख २०८०, सोमबार ०७:५१

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मजदुर आन्दोलनको गौरवशाली इतिहास आफ्नो पार्टीसँग रहेको बताएका छन्। औद्योगिक प्रतिष्ठान र श्रमिकका सरोकारलाई सम्बोधन गरेर स्थिर औद्यागिक वातावरण बनाउने काम एमाले सरकारकै पालामा भएको अध्यक्ष ओलीले उल्लेख गरेका छन्।  अन्तराष्ट्रिय मजदुर दिवशका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले सो कुरा उल्लेख गरे।

नेकपा एमाले त्यस्तो पार्टी हो जसको सरकारले औद्योगिक प्रतिष्ठान र श्रमिकहरुका सरोकारलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गर्यो ’ शुभकामना सन्देशमा भनिएको छ।

अध्यक्ष ओलीले जारी गरेको शुभकामना सन्देशमा नेपालको श्रमिक आन्दोलनको विरासत नेकपा एमालेसँग मात्र रहेको उल्लेख छ।

‘२००३ सालमा भएको मजदुर आन्दोलन मार्फत राणाशाहीहरुलाई श्रमजीवी जनतासँग सम्झौता गर्न बाध्य पार्ने त्यस आन्दोलनको विरासत एमालेसँग छ ’ अध्यक्ष ओलीले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ।

शभकामना सन्देशमा एमालेको सरकारले मजदुरको पारिश्रमिकमा ३९ प्रतिशत वृद्धि गरेर औद्योगिक क्षेत्रलाई हड्ताल र तालाबन्दीमुक्त क्षेत्र बनाएको स्मरण गरिएको छ।  मजदुरको पारिश्रमिक बैंक मार्फत भुक्तानी हुने,योगदानमा आधारित सामाजिक सुरक्षाको सुरुवात गरिएको स्पष्ट पारिएको छ।

एमालेलाई सरकारबाट हटाएपछि श्रमिकहरुको सम्मानित,सुरक्षित श्रम जीवन,स्वस्थ नागरिक,सीपयुक्त नागरिक र मर्यादित काममा अवरोध पुगेको अध्यक्ष ओलीले उल्लेख गरेका छन्।

 

Nabintech