४ जेष्ठ २०८१, शुक्रबार
कोहलपुरमा २० बर्षिया युवती मृत फेला

तीन जना प्रहरी नियन्त्रणमा


  • टाइम्स संवाददाता

  • १८ बैशाख २०८०, सोमबार १२:५६

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका– २ बर्दहवा एक २० वर्षीया युवती प्रिती थारु  मृत अवस्थामा फेला परेकी छिन् ।  युवती घरमै मृत अवस्थामा फेला परेकी हुन् । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीले पनि युवती मृत फेला परेको पुष्टि गरे । ‘मृतकले आत्महत्या गरेको हो की हत्या नै हो भन्ने कुरा पोस्टपार्टम रिपोर्ट आएपछि खुल्छ’ डीएसपी तिवारीले भने, ‘घटना शंकास्पद भएकोले तीन जनालाई नियन्त्रणमा लिएका छौं ।’

कोहलपुर प्रहरीले श्रीमान्, ससुरा र जेठाजुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।  घटना शंकास्पद देखिएपछि अनुसन्धानको दायरा फराकिलो पारेर सूक्ष्म रुपमा अनुसन्धान थालिएको कोहलपुर प्रहरीले जनाएको छ । मृतकका माइती पक्षले भने घरपरिवारले प्रीतिको हत्या गरेको बताएका छन् ।घटनाको दिन बिहान समेत श्रीमान सहित घरपरिवारका सदस्यले कुटपिट गरेको खुल्न आएको कोहलपुर प्रहरीले जनाएको छ ।

Nabintech