५ जेष्ठ २०८१, शनिबार
नागरिकहरुको साझेदारीमा सिसिटिभि जडान गर्दै कोहलपुर प्रहरी

अपराध अनुसन्धानमा सहज हुने प्रमुख तिवारीको दावि


  • टाइम्स संवाददाता

  • १८ बैशाख २०८०, सोमबार १४:०१

कोहलपुर,बाँके: ईलाका प्रहरी कार्यालय कोहलपुरले नागरिकहरुको साझेदारीमा सिसिटिभि जडान कार्यलाई तिव्रता दिएको छ । सिसिटिभि जडानबाट कोहलपुर क्षेत्रमा अपराध अनुसन्धानमा सहज हुने कोहलपुर प्रहरी प्रमुख सुन्दर तिवारीको दावि रहेको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख  तिवारी यतिबेला नागरिकहरूसँगको साझेदारीमा कोहलपुरमा हुने सबैखाले अपराध नियन्त्रण गर्न अग्रसर देखिएका छन । उनले निजी क्षेत्र, नागरिक र प्रहरी मिलेर काम गरेमा अपराध नियन्त्रण हुने विश्वासका साथ आफनो कामको अभियानलाई द्रुत वनाएको जनाएका छन । तिवारी इलाका प्रहरी कार्यालय कोहलपुरको आफु प्रमुख भएर आएको २ महिनाको अवधिमा यौन व्यवसाय, लागू औषध नियन्त्रण , सडक दुर्घटना नियन्त्रणमा उल्लेख्य सफलता हात पारेको दावि गर्छन ।

प्रमुख तिवारीले प्रविधिको प्रयोगले अपराध नियन्त्रणमा सहयोगी हुने भन्दै निजी क्षेत्रसँगको सहकार्यमा कोहलपुर क्षेत्रका मुख्य सडक हरुमा सिसिटिभी जडानको कामलाई तिब्रता दिएको बताए । निजी , समुदाय र स्थानीय सरकारसँग मिलेर नेपालगन्ज कोहलपुर सडक खण्डको राझा, पार्वतीपुर, कोहलपुर हाई स्कुल, महेन्द्र राजमार्ग अन्तर्गत कोहलपुर ४ को किरण नाला,सम्झना बजार, चपरगौढी लगायतका क्यामरा जडान गरिएको जानकारी प्रमुख तिवारीले दिए ।

पिप्रहवा हुलास खाद्य उद्योग , हाई स्कुलमा समुदाय स्तर बाट, किरण नालमा होटल सेन्ट्रल प्लाजासँगको सहकार्यमा उपयुक्त क्यामरा जडान गरिएको हो । ठूला होटल, सुनचाँदी पसल , बैक लगायतका संस्थाहरूलाई एउटा क्यामरा मुख्य बजार र सडक क्षेत्रतिर फर्काएर राख्न आग्रह गरिएको र यसो गर्दा रातको समयमा हुने घटना नियन्त्रणमा सहज हुने प्रमुख तिवारीको दावि छ ।

 

Nabintech