५ जेष्ठ २०८१, शनिबार
राजतन्त्र झल्किने गरि बागेश्वरीमा जय जयकार पुर्व राजाले गरे महा आरतीमा संकल्प

श्रद्धालुहरुद्धारा राजा आउ देश बचाउ, श्री ५ ज्ञानेन्द्र सरकारको जय होस , हिन्दु राष्ट् कायम गर, राजतन्त्र जिन्दाबाद जस्ता चर्का नाराबाजि


  • प्रमोद रिजाल

  • १९ बैशाख २०८०, मंगलवार ०७:५१

नेपालगञ्ज:गणतन्त्र आएपनि गणतन्त्रको मुल्य मान्यता, सिद्धान्त र मर्म अनुरुप जनताका दैनिक जनजिविकाका सवालहरु सम्बोधन हुन नसक्दा यो ब्यबस्था प्रति नै बिरक्त हजारौ जनताले पानीको झरी नभनि पुर्व राजा ज्ञानेन्द्र वीर बिक्रम शाहदेबको जय जयकार गरेका छन ।
समय समयमा देश दौडाहामा निस्किने पुर्वराजा ज्ञानेन्द्र शाह र उनको परीवार यतिबेला पश्चिम नेपालको नेपालगञ्जलाई केन्द्रबिन्दु बनाएर एक साताका लागि नेपालगञ्ज आईपुगेका छन । बिभिन्न मठ मन्दिर दर्शन पुजापाट गर्ने र नागरिक अभिनन्दन भनिएको कार्यक्रममा सहभागि हुन उनी नेपालगञ्ज आईपुगेका हुन ।

आईतवार जुम्ला जाने कार्यक्रम खराव मौसमका कारण रद्ध भएपछि नेपालगञ्जमा प्रत्यक सोमबार हुने महा आरतीमा १८ गते उनी मख्य संकल्पकर्ताका रुपमा सहभागि भए । महा आरती गर्दा एक जना संकलपकर्ता रहने धार्मिक मान्यता अनुरुप उनी हिजको महा आरतीका मुख्य संकल्पकर्ता रहेको बागेश्वरी मन्दिरका मुल पुरोहित चन्दननाथ गिरीले बताए ।

महाआरतिमा सहभागि हुन अघि पुर्व राजाले बागेश्वरी मन्दिर परिसरमा १ घण्टा बढि बिशेष पुजा आजा समेत गरेका थिए । पुर्वराजा ज्ञानेन्द्र शाहसहित परिवारका सदस्यले बागेश्वरी मन्दिरको महाआरतीमा सहभागिता जनाएको यो पहिलो पटक हो । विभिन्न कार्यक्रममा सहभागी हुन नेपालगन्ज आईपुगेका ज्ञानेन्द्र सहित उनका परिवारले सोमबार बेलुका सन्ध्याकालिन साप्ताहिक महाआरतीमा सहभागिता जनादै गर्दा बागेश्वरी परिसरमा आकासे पानीको प्रबाह नगरि दर्शालुहरुको थामि नसक्नु भिडभाड रहेको थियो भने महाआरती शान्तिपुर्ण तवरले सम्पन्न भएको थियो ।

महाआरतीमा पुर्वराजा ज्ञानेन्द्रसहित पुर्वरानी कोमल शाह, छोरी प्रेरणा र बुहारी हिमानी शाह लगायत सहभागी भएका थिए । प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा हरेक हप्ताको सोमबार महाआरती हुदै आएको छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टा बाँके च्याप्टरको अग्रसरतामा बागेश्वरी मन्दिरमा महाआरती शुभारम्भ गरिएको हो । महाआरतीलाई स्थापित गराउन नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले अगुवाई गर्दै आएका छन ।

नाट्टा बाँकेले गतवर्षदेखी नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट सञ्चालनमा ल्याएको छ । वेष्टर्न ट्राभल मार्टको दोस्रो संस्करणका अवसरमा सिग्देलले करिव ३ सय जना नेपाल र भारतका पर्यटनकर्मीलाई बागेश्वरी मन्दिर परिसरमा उपस्थित गराएर महाआरतीको थालनी गरेका थिए । त्यसपछि पनि केही समयसम्म नाट्टाको अगुवाईमा गरिएको महाआरतीलाई पछिल्लो समयमा बागेश्वरी मन्दिर गुठी ब्यवस्थापन समितिले ब्यवस्थापन गर्दै आएको छ ।

महाआरतीमा पुर्वराज परिवारका सदस्यहरु उपस्थित हुने जानकारी पाएपछि सोमबार ठुलो संख्यामा हिन्दु धर्मावलम्बीहरुको मन्दिर परिसरमा उपस्थिती रहेको थियो । महाआरतीको शुभसाईत बेलुका ६ः३७ बजेको रहेपनि राजा ज्ञानेन्द्र पौने ६ बजे बागेश्वरी मन्दिर परिसर पुगेका थिए ।

नेपालगन्जको कारकाँदोस्थित होटल सोल्टीमा बसिरहेका पुर्वराजा ज्ञानेन्द्रसहित उनका परिवारका सदस्यहरु महाआरतीमा सहभागी हुन धम्बोझी चोकबाट सेतुबिक चोक, न्यूरोड हुदै बागेश्वरी मन्दिरको पूर्वी गेटबाट मन्दिर परिसरमा प्रवेश गरेका थिए ।

सो क्रममा प्रतिनिधि सभाका सांसद समेत रहेका राप्रपाका महामन्त्री डा. धवल शम्सेर राणा, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट, बागेश्वरी मन्दिरका मुल महन्त चन्दननाथ योगी लगायत भक्तजनहरुले स्वागत गर्दै गरेका थिए ।

पुर्व राजालाई देखेपछि श्रद्धालुहरुले राजा आउ देश बचाउ, श्री ५ ज्ञानेन्द्र सरकारको जय होस , हिन्दु राष्ट् कायम गर, राजतन्त्र जिन्दाबाद जस्ता चर्का नाराबाजि गरेका थिए । पुर्व राजा तथा परीवारलाई शिव सेना नेपालले बिशेष सुरक्षा दिएको थियो भने नेपाल सरकारका सुरक्षाकर्मिहरुको समेत बाक्लो उपस्थिती रहेको थियो ।

Nabintech