५ जेष्ठ २०८१, शनिबार
रवि लामिछानेका सवारी चालक थापाको निधन

  • टाइम्स संवाददाता

  • १९ बैशाख २०८०, मंगलवार १५:४३

काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको उपचारको क्रममा मंगलबार निधन भएको छ । ४ वैशाखमा सभापति लामिछानेको चितवनस्थित घरको छतबाट  खसेर घाइते भएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय चालक थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

भरतपुरमा प्रारम्भिक उपचारपछि ५ वैशाखमा थापालाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याएर उपचार गरिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । उनको टाउकोमा गहिरो चोट लागेको थियो ।

Nabintech