४ जेष्ठ २०८१, शुक्रबार
दाङकाे तुलसीपुरमा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे, दुई जना घाइते

  • टाइम्स संवाददाता

  • २१ बैशाख २०८०, बिहीबार ०९:०८

दाङ: दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन्  । करेन्ट लागेर रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं १२ घर भइ दाङको तुलसीपुर बस्दै आएका २८ वर्षीय महेश विकको ज्यान गएको हाे ।

तुलसीपुर उपमहागरपालिका वडा नं ६ मा रहेकाे आफ्नाे कार्यालयको विज्ञापन बोर्ड फेर्ने क्रममा विकलाई करेन्ट लागेको थियाे ।  विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा गए राति ज्यान  गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

विक तुलसीपुरमा जापानिज भाषा पढाउँदै आउनु भएकाे थियाे ।  यस्तै, करेन्ट लागेर पुथा–१२ कक्सेरा फल्नेका १६ वर्षीय अर्जुन विक र भूमे गाउँपालिका–४ काँडाकी १८ वर्षीया मोनिका विक घाइते भएका छन् ।

पुरानो विज्ञापन बोर्ड झिकेर नयाँ जडान गर्न लाग्दा उनीहरुलाई करेन्ट लागेको हाे । घाइते दुवैलाई तुलसीपुरमा प्रारम्भिक उपचारपछि नेपालगञ्ज  पठाइएको प्रहरीले जनाएको छ ।

Nabintech