४ जेष्ठ २०८१, शुक्रबार
बागेश्वरी क्याम्पसमा एक दिने कार्यशाला गोष्ठि

  • टाइम्स संवाददाता

  • २१ बैशाख २०८०, बिहीबार ०९:५४

कोहलपुर,बाँके :बाँकेको कोहलपुरमा रहेको मध्यपश्चिम विश्वविद्यालय अन्तरगतको आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पसले एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । बुधबार अनुसन्धान व्यवस्थापन एकाईको आयोजनामा सञ्चालित एक दिने कार्यशालामा बागेश्वरी बहुमुखी क्याम्पस प्रमुख दान बहादुर हमालको प्रमुख अतिथि तथा आरएमसीका संयोजक तोयानाथ पहाडीको अध्यक्षतामा सम्पन्न भएको हो ।

क्याम्पसमा शैक्षिक संलग्नताका लागि व्यावसायिक विचारहरू सिकाउने टिचिङ्ग प्रोफेसनल आइडिया फर एकेडेमी इन्जिचमेन्ट भन्ने शिर्षकमा एक दिने कार्यशाला गोष्ठी भएको थियो । कार्यक्रम सहजिकरण प्राध्यापक खोपीराम वलीले गरेका थिए । एक दिने गोष्ठिमा क्याम्पस प्रमुख दान बहादुर हमाल, तोयानाथ पहाडी, टेकेन्द्र कुमार महतरा, नविन किशोर रत्न, खोपीराम वली र प्रमोद सुवेदी लगायतले प्राज्ञिक प्रध्यापकहरुले आफ्ना अनुभव तथा विचारहरु प्रस्तुत गरेका थिए ।

क्याम्पसमा रहेका सम्पूर्ण प्राज्ञिक प्राध्यापकहरुले आफ्ना अनुभव र शिक्षण सिकाई क्रियाकलापलाई एकआपसमा साटासाट गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको क्याम्पस प्रमुख दान बहादुर हमालले बताए । अहिले शिक्षामा परिर्वतन भएका सूचना प्रविधि र नयाँ पुस्ताका विद्यार्थीहरुलाई के कसरी अध्ययापन गराउने जस्ता विषयहरु समेत समेटिएको थियो । बागेश्वरी क्याम्पसले लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ भने कोहलपुरको शैक्षिक क्षेत्रमा ठुलो योग्दान दिएको छ ।

क्याम्पस प्रमुख हमालले प्राज्ञिक शिक्षकहरुलाई पनि यस्ता गोष्ठीहरु आगामी दिनहरुमा निरन्तर सञ्चालन हुनुपर्ने भन्दै अनुसन्धान व्यवस्थापन एकाईलाई धन्यवाद दिएका थिए । कार्यक्रममा विभागिय प्रमुख, प्राध्यापक र स्ववियूका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।

Nabintech